लन्डन । बेलायतवासी नेपालीले नेपालका बन्दीको मानवअधिकार संरक्षण र बन्दीका बालबच्चाको हेरचाहमा कार्यरत एक संस्थालाई आर्थिक सहयोग गरेका छन् । प्रिजनर्स असिस्टेन्स नेपालको सहयोगार्थ उक्त संस्थाकी अध्यक्ष इन्दिरा रानामगरको उपस्थितिमा आइतबार भएको च्यारिटीबाट ३ हजार ४८२ पाउण्ड संकलन गरि प्रदान गरिएको हो । उक्त संस्थाले हाल डेढ सय बढि बालबालिकालाई शिक्षासहित रेखदेख गरिरहेको छ ।
नेपाल आदिवासी जनजाती महिला महासंघ बेलायत, हिलिङडन गोर्खा नेपलिज कम्युनिटी र हिलिङटन गोर्खा नेपलिज युथले फेल्थाम कम्युनिटी स्कुल हलमा संयुक्त रुपमा च्यारिटी गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफैंले हुर्काएको इन्दिरा राना मगर अहिले आफू भन्दा अग्ली भइसकेकी जनाउंदै उनले अनाथ बालबालिकाका लागि आंखाको ज्योति दिने काम गरेको बताए । ‘बगरमा फालिएकी मणी हो इन्दिरा’, राजदूतले भने, ‘इन्दिरा बगरका धेरै ढुंगाको बीचमा टल्किरहेको मणी हो । उसले अनाथ बालबालिकालाई छानो मुनी ल्याएर राखेकी छ, शिक्षा दिक्षा दिएकी छ ।’
नेपाल आदिवासी जनजाती महिला महासंघ बेलायतकी महासचिव बिमला सेनेले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथी इन्दिराले पावर पोइन्ट मार्फत आफ्नो संस्थाको गतिविधि र संघर्षका कथा सुनाइन् अनि दाताप्रति कृतज्ञता व्यक्त गरिन् ।
कार्यक्रममा महिला महासंघकी कार्यवहाक अध्यक्ष विमला राईले स्वागत मन्तव्य दिइन् भने कार्यक्रमका सभापति हिलिङडन गोर्खा नेपलिज कम्युनिटी अध्यक्ष तेज पुनमगरले धन्यवाद दिए । हिलिङडन कम्युनिटीकी महिला उपाध्यक्ष अन्जना गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा अतिथी सांसद वीरेन्द्र शर्मा, गोर्खा संगठन गेसो, सत्याग्रह समितिका नेताहरुसहित सयौंको उपस्थिति थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम मिरुना मगरले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा शशी थापा सुब्बा र लक्ष्मी राईले चन्दा जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तस्विरः बीरेन्द्र श्रेष्ठ
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?