लन्डन । बेलायतमा कार्यरत व्यवसायिक नेपाली पत्रकारहरुको समूहले ‘हु इज हु: नेप्लीज कम्युनिटी लिडर्स इन द युके’ नामक पुस्तक प्रकाशनको तयारी गरेको छ ।
बेलायतमा नेपाली समुदाय बढिरहंदा यहांका प्रभावशाली व्यक्ति र संघसंस्थाबारे चिनारी दिने उद्देश्यले उक्त पुस्तक अंग्रेजी भाषामा प्रकाशन गर्न लागिएको हो ।
वीनेपालीडटकम लिमिटेडले पहिलोपटक बेलायतको नेपाली डायस्पोराबाट यस खालको पुस्तक प्रकाशन गर्न लागिएको जनाएको छ । ‘यो ऐतिहासिक दस्तावेज हुनेछ ’, प्रकाशोन्मुख पुस्तकका सम्पादक मध्ये एक जना नरेश खपांगीमगरले भने, ‘हामीले जुनसुकै जाती, वर्ग वा क्षेत्रका सामाजिक अभियन्ताहरुलाई समेट्ने सोचेका छौं । तर, छनोटका केही प्रक्रिया भने छन् ।’
नेपाली समुदायका अगुवाहरुको सामाजिक योगदान उल्लेख्य भएपनि त्यो संग्रहित नभएकाले यस्तो परिकल्पना गरिएको वीनेपालीले जनाएको छ ।
यही डिसेम्बर महिनामा सूचना संकलन गरी नेपाली नयां वर्ष २०१७ मा पुस्तक प्रकाशन गरिने वीनेपालीले जनाएको छ । थप जानकारीका लागि [email protected] वा 07943 868 512, 07411 558 732, 07578 007 459 मा सम्पर्क गर्न सकिनेछ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह