
लन्डन । बेलायतमा छायांकन भइरहेको नेपाली चलचित्र ‘हयाप्पी डेज’ युनिटलाई लन्डनस्थित नेपाली दूतावासले स्वागत गरेको छ । शनिबार दूतावास भवनमा चलचित्रकर्मीको सम्मानमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले रात्री भोज आयोजना गरे ।
उक्त अवसरमा नायिका प्रियंका कार्की, नायक सन्जय गुप्ता, फिल्म निर्देशक मिलन चाम्स, निर्माताहरु बी पी खनाल, विक्रम जोशी, नरेश शर्मा र डा. अशोक बन्साल, नेपालबाटै आएका सञ्चारकर्मी नरेश भट्टराई, प्राविधिकहरु, मेक अप आर्टिष्ट, स्थानीय कलाकार, सपन इन्टरटेन्मेन्टकी मन्जु गुरुङ राई, प्रशान्त थापा लगायत सहभागी थिए । कार्यक्रममा राजदूतावास परिवार पनि सहभागी थिए ।
निर्माता बी पी खनालका अनुसार, अनौपचारिक कार्यक्रममा राजदूत डा. सुवेदीले आफूले हरेक नेपाली फिल्म हेर्न नछुटाउने गरेको प्रसंग उठाउंदै नेताहरु आउने जाने क्रम भइरहने तर कलाकारहरु कला, संस्कृतिका लागि समर्पित देशका गहना हुन् भन्दै प्रशंसा गरेका थिए ।
उनले बेलायतमा फिल्म बन्नु सजिलो नभएको बताउंदै दूतावासका तर्फबाट कलाकर्मीलाई सधैं सहयोग र समर्थन रहिरहने बताए ।
उक्त अवसरमा निर्देशक मिलन चाम्सले पुरा युनिटको परिचय गराएका थिए । सञ्चारकर्मी नरेश भट्टराईले कविता सुनाए भने सन्जय गुप्ताले फिल्म डायलग सुनाएका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई