
लन्डन । बेलायतमा छायांकन भइरहेको नेपाली चलचित्र ‘हयाप्पी डेज’ युनिटलाई लन्डनस्थित नेपाली दूतावासले स्वागत गरेको छ । शनिबार दूतावास भवनमा चलचित्रकर्मीको सम्मानमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले रात्री भोज आयोजना गरे ।
उक्त अवसरमा नायिका प्रियंका कार्की, नायक सन्जय गुप्ता, फिल्म निर्देशक मिलन चाम्स, निर्माताहरु बी पी खनाल, विक्रम जोशी, नरेश शर्मा र डा. अशोक बन्साल, नेपालबाटै आएका सञ्चारकर्मी नरेश भट्टराई, प्राविधिकहरु, मेक अप आर्टिष्ट, स्थानीय कलाकार, सपन इन्टरटेन्मेन्टकी मन्जु गुरुङ राई, प्रशान्त थापा लगायत सहभागी थिए । कार्यक्रममा राजदूतावास परिवार पनि सहभागी थिए ।
निर्माता बी पी खनालका अनुसार, अनौपचारिक कार्यक्रममा राजदूत डा. सुवेदीले आफूले हरेक नेपाली फिल्म हेर्न नछुटाउने गरेको प्रसंग उठाउंदै नेताहरु आउने जाने क्रम भइरहने तर कलाकारहरु कला, संस्कृतिका लागि समर्पित देशका गहना हुन् भन्दै प्रशंसा गरेका थिए ।
उनले बेलायतमा फिल्म बन्नु सजिलो नभएको बताउंदै दूतावासका तर्फबाट कलाकर्मीलाई सधैं सहयोग र समर्थन रहिरहने बताए ।
उक्त अवसरमा निर्देशक मिलन चाम्सले पुरा युनिटको परिचय गराएका थिए । सञ्चारकर्मी नरेश भट्टराईले कविता सुनाए भने सन्जय गुप्ताले फिल्म डायलग सुनाएका थिए ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन