सोल (दक्षिण कोरिया), १८ मङ्सिर । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यूज हेको भ्रष्टचार काण्डलाई लिएर विगत छ हप्तादेखि जारी विशाल विरोध सभामा शनिबार पनि लाखौं जनताले सहभागीता जनाए । कोरियालीहरुले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उहाँमाथि लागेको अनियमितता सम्वन्धी आरोपमा पक्राउ गर्नृुपर्ने मागसहित सहभागिता जनाएका हुन् ।
दक्षिण कोरियाली संसदमा राष्ट्रपति विरुद्ध यहाँका प्रतिपक्षी दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि महाभियोग प्रस्तावमाथि आगामी शुक्रबार मतदान हुनुभन्दा पहिले भएको प्रदर्शनमा यस पहिलेजस्तै विशाल जनसमर्थन देखिएको हो ।
संसद्बाट प्रस्ताव पारित भएपनि नभएपनि पार्क कोरियाली इतिहासमा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनुहुनेछ जसले आफ्नो पाँच बर्षे कार्यकाल पूरा नगरिकनै विदा हुनुहुनेछ ।
चौसठ्ठी–बर्षीय पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ । उहाँले आफै सत्ताबाट हट्नुहुनेछ वा उहाँलाई पदबाट हटाइने छ भन्ने विषयले विशेष चर्चा पाइरहेको छ ।
शनिबार विहान संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्दा १७१ सांसदको हस्ताक्षर छ । महाभियोग प्रस्ताव पासहुन दुईतिहाई सदस्यले पारित गर्नुपर्छ । कोरियाली राष्ट्रिय सभामा ३०० सदस्य रहेका छन् ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा