
लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबार बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।
बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत सुवेदीले महारानी एलिजावेथ द्वितियासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । सुवेदीले गत २९ सेप्टेम्बर, २०१६ मा पदभार ग्रहण गरेका थिए ।
ओहदा बुझाउने क्रममा राजदूत सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेको दूतावासले जनाएको छ ।
सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहालले बेलायती महारानी, सरकार र जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना समेत व्यक्त गरेका थिए ।
समारोहमा बेलायती महारानीले ओहदाको प्रमाणपत्र ग्रहण गर्दै नेपालको असाधारण तथा सर्वाधिकारसम्पन्न राजदूत नियुक्त भएकामा सुवेदीलाई वधाइ दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा महारानीले नेपालका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना सन्देश राष्ट्रपतिसमक्ष पुर्याइदिन सुवेदीलाई आग्रह गरेकी छन् ।
महारानीले राजदूत सुवेदीले आफ्नो कार्यकालमा दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन सक्षम हुने विश्वास समेत व्यक्त गरेको दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूत डा. सुवेदीले मित्रराष्ट्र बेलायत र नेपालबीच रहिआएको दुई सय वर्ष पुरानो मैत्री सम्वन्ध अझ सुदृढ बनाउन आफू प्रतिवद्ध रहेको उल्लेख गरेका थिए ।
ओहदाको प्रमाणपत्र पेश गरेपछि कुटनीतिक प्रचलन अनुसार राजदूत डा. सुवेदीले दूतावासमा एक रिसेप्सन समेत आयोजना गरेका थिए । उक्त रिसेप्सनमा संयुक्त अधिराज्यका मार्सल (शिष्टाचार महापाल), सार्क र बिमस्टेक मुलुकका राजदूत र उच्चायुक्तहरु, बेलायती सांसद र लर्डस्, मेयरहरु, नेपालका लागि पूर्व बेलायती राजदूतहरु एवं ब्रिटेन नेपाल सोसाइटी लगायत नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति थियो ।
तस्विरहरुः मिलन तमु
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई