लन्डन । बेलायती सांसद डा. तानिया माथिएसले नेपालको प्राकृतिक सौन्दयर्ताले आफूलाई मोहित पार्ने बताएकी छन् । हिथ फिल्ड कन्जरभेटिभले आफ्ना सदस्यहरुबीच आयोजना गरेको च्यारिटी डिनरमा टवीकेनहाम क्षेत्रकी सांसद तानियाले नेपाली सञ्चारकर्मीसंग आफू सानै उमेरमा नेपाल गएको स्मरण गर्दै समय मिले फेरि नेपाल घुम्न इच्छुक भएको बताइन् । नेपाली सञ्चारकर्मीले इलिंग साउथहलका सांसद बीरेन्द्र शर्मा, फेल्थाम र हेस्टनकी सांसद सिमा मल्होत्राले केही समय अघि नेपाल भ्रमण गरेको प्रसंग कोट्याउंदा तानियाले आफू पनि नेपाल घुम्न इच्छुक भएको बताएकी थिइन् ।
तानियाले बेलायतमा नेपाली समुदायको अवस्थाबारे समेत जिज्ञासा राखेकी थिइन् ।
अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित च्यारिटी डिनरमा रेष्टुरेन्ट सञ्चालक बाबुराम शर्मा आचार्यले अतिथीहरुको स्वागत गरेका थिए । उक्त अवसरमा काउन्सिलर र हिथ फिल्ड कन्जरभेटिभका पार्टी सदस्यहरु उपस्थित थिए । उनीहरुले आफ्नो क्षेत्रका विकास प्राथमिकता र पार्टीको रणनीतिक कार्यक्रमबारे छलफल गरेका थिए ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग