लन्डन । सिनेमा, डान्स र फेसन शो । अचेल बेलायतमा यिनका गतिविधि बढेका छन् । आइतबार बेलायतको चिसो मौसममा हट मोडलहरुले गरेको फेसन शो ले माहोल खुब ततायो । आकर्षण बुटिक कुपन्डोलले प्रायोजन गरेका पहिरन लगाएर व्यवसायिक देखिने ६ जना मोडलहरु रयाम्पमा उत्रिएका थिए ।
मोडलहरु कल्चरल, इभिनिङ, पार्टी ड्रेस र आकर्षक सारीमा प्रस्तुत भए । फेसन शोको कोरियोग्राफी बिना राईले गरेकी थिइन् । कोरियोग्राफर राई आफूले समेत क्याटवाक गरिन् ।
बेलायतका नेपाली ब्युटीसियनहरुको संस्था प्रोफेशनल ब्युटी असोसिएसन यूकेले अल्डरसटस्थित दि प्यालेसमा फेसन इभेन्ट आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । आसपास क्षेत्रमा एकैदिन तीनवटा कार्यक्रम जुध्दा पनि दर्शक उल्लेख्य आइदिएर कार्यक्रम सफल भएको आयोजकमध्ये एक माला आल्फोर्ड गुरुङले जनाइन् । कार्यक्रमका सहभागीले फेसन शोबाट नयां अनुभूति भएको बताएका थिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, मिस यूके नेपाल प्रतियोगिताकी आयोजक शान्ति गुरुङ लगायत अतिथीका रुपमा सहभागी थिए ।
तस्विरहरुः अमर राई
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी