बोगोटा, १० मङ्सिर । कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गर्नुभएको छ । सो शान्ति सम्झौता संसद् (कँग्रेश) मा पेश गरिने छ
यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको थियो वर्तमान राष्ट्रपति तथा प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सो सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागिएको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो ।
संशोधित शान्ति सम्झौतामा अघिल्लो शान्ति सम्झौताका कमजोरी सच्याइएको र प्रतिपक्षीहरुको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको सन्तोषले बताउनु भएको छ । नयाँ सम्झौताले प्रतिपक्षी दललाई पनि जिम्मेबार बनाउने उहाँको विश्वास छ ।
तर प्रमुख प्रतिपक्षी दलले भने सम्झौताप्रति असन्तुष्टी जनाउदै आएको छ । नोवेल शान्ति पुरस्कार विजेता समेत रहेका राष्ट्रपति सन्तोषले पूर्वराष्ट्रपति उरीबेलाई मनाउन धेरै प्रयास गर्नुभएको थियो ।
झण्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसङ्ग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौताले फार्क विद्रोही समूहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्देश्य लिइएको छ ।
सन्तोषले संसद्मा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यलाई दवाव दिनुभएको छ । संसद्मा सन्तोषको गठबन्धनको बहुमत रहेको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई