टोकियो (जापान), ९ मङ्सिर । जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ ।
जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो ।
टोकियोको आवास क्षेत्रमा झण्डै दुई इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ ।
स्थानीय टेलिभिजनले हाचिओजीको आवास क्षेत्रमा बाक्लो हिँउ जमेको, रुख र पार्कहरु सेतो पाउडरले छोपिएजस्तो देखिएका दृश्य प्रसारण गरेका छन् ।
रेललगायतका यातायात सेवाहरु अस्थायीरुपमा प्रभावित भएका छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता