ब्रसेल्स (बेल्जियम), ८ मङ्सिर । युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पाआयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (ईईए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
सन् २००० देखि सन् २०१४ सम्म युरोपका विभिन्न सहरका ४०० अनुगमनस्थलमा गरिएको मूल्याङ्कन तथा विश्लेषणपछि प्रतिवेदनलाई सार्वजनिक गरिएको हो ।
प्रतिवेदनअनुसार सन् २०१४ मा ८५ प्रतिशत युरोपको सहरी जनसङ्ख्याले फेर्ने श्वासमा वायु प्रदूषणको मात्रा २.५ ‘पार्टीकुलेट म्याटर’ (पीएम) रहेको र यो स्वास्थ्यका लागि हानिकारक रहने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
यस्ता पीएम मुटु र रक्तधमनी (काडियोभास्कुलर) तथा श्वासप्रश्वास समस्या र फोक्सोको क्यान्सरका कारक तत्व रहने र यसैका कारण यहाँका मानिसले अल्पायुमा जीवन गुमाउने गरेको प्रतिवेदनमा जनाइएको छ ।
ग्रीन हाउस हरित ग्यास उत्सर्जन न्यूनीकरणले युरोपको वायु प्रदूषणमा पछिल्लो समय केही मात्रामा सुधार देखिए पनि यो मानव स्वास्थ्यको अस्वीकार्य क्षतिबाट सुरक्षित रहन पर्याप्त नभएको ईईएका कार्यकारी निर्देशक ह्यान्स ब्रुयनिक्सले बताउनुभयो ।
वायु प्रदूषणका कारण तत्वलाई नियन्त्रण गर्न जरुरी भएको र यसका लागि नयाँ किसिमका सुधारका प्रयास थाल्न ‘युरोपियन पार्लियामेन्ट’ले ईईए प्रतिबद्धतालाई कार्यान्वयनमा लान मतदान गर्नेमा वातावरण सम्वन्धी युरोपियन कमिसनर कारमेनु भेलाले बताउनुभयो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई