लन्डन । बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुले स्वदेशको विकासका लागि आफ्नो सीप दिन आतुर रहेको बताएका छन् । यहां आफूहरुले सिकेको सीप र ज्ञान नेपाल सरकारले महत्व ठानेर सदुपयोग गर्नुपर्ने उनीहरुको आग्रह छ । विशेषगरि रेल र भौतिक पूर्वाधार निर्माणमा नेपाली इन्जिनियरले समेत राम्रो अनुभव र ज्ञान सिकिरहेको बताउंदै उनीहरुले त्यो हस्तान्तरण गर्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखेका छन् ।
सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेले लन्डनमा आयोजना गरेको
‘नेपालको विकासः चुनौती र अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल बुद्धिजिवी परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले
समृद्ध नेपाल नहुनुको कारक राजनीतिक अस्थिरता र
कर्मचारीतन्त्रमा सुशासन नभएको दावी गरे । मुलुक उदारवादी अर्थतन्त्रमा गए लगत्तै द्वन्द्वमा फंसेपछि विकास र समृद्धि सुस्त भएको उनको ठम्याइ थियो । मोरक्कोमा आयोजित जलवायु परिवर्तन सम्वन्धि
राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर लन्डन आएका बेला देवकोटाले राज्यले विदेशमा रहेका विषयगत विज्ञहरुलाई पहिचान गरेर सेवा लिने संयन्त्र बनाउन सक्नुपर्ने औंल्याए ।
‘योजना आयोगमा जो मान्छे छन् उनीहरुमा सबै विज्ञता म संग छ भन्ने भ्रम छ’, आयोगका पूर्व उपाध्यक्ष देवकोटाले भने, ‘आयोगले कम्तीमा २० वर्षे दीर्घकालिन विकास योजनालाई राष्ट्रिय संकल्पका रुपमा संसदबाटै पारित गराए मात्र विकास सम्भव छ जसले गर्दा सरकार परिवर्तन भए पनि विकास योजना प्रभावित हुन्न ।’
उक्त कार्यक्रममा सोसाइटी अध्यक्ष घनश्याम पौडेल, पूर्व अध्यक्ष राजेश पाठक, अर्थवीद विकलचन्द्र आचार्य, भोजराज बराल, रामचन्द्र पौडेल, रामकृष्ण अधिकारी, रुद्र कोइराला, सुवोध तिमिल्सिना, श्याम थापा, विजय बज्राचार्य, स्वीकृत पण्डित, हरिकृष्ण न्यौपाने लगायतले आ आफ्नो जिज्ञासा र सुझाव दिएका थिए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक