लिमा, ५ मङ्सिर । चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ ।
यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान द्विपक्षीय सम्बन्धलाई अझै स्वस्थ्य र दरिलो पार्दै अघि बढाउँदै लैजानमा सहमत हुँदै यसलाई अविनाशी र चीरस्थायी पार्नमा दुवैले सक्दो प्रयास गर्नेसमेत व्यक्त गरिएको छ ।
एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन जानुभएका राष्ट्रपतिद्वयले सम्मेलनको शून्य समय वार्ता (साइड लाइन टक्स) मा छलफल गर्दै दुवै जनाको संयुक्त प्रयासले द्विपक्षीय सम्बन्ध बिस्तारमा नौलो आयाम थपी अतिरिक्त प्रगति हासिल गर्ने पनि बताउनुभएको छ ।
चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही दिन अघि मात्र टेलिफोन वार्ता भएको पनि समकक्षी ओबामासँग चर्चा गर्दै सिले ओबामासँग जस्तै नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग दुई देशको सरोकार रहेका हरेक क्षेत्रमा घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको समेत बताउनुभएको छ ।
त्यस्तै, विगतका केही वर्षदेखि चीनसँग नजिकिँदै क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सफल द्विपक्षीय सहकार्य गरेको र यसमा राष्ट्रपति सिले गर्नुभएको हार्दिक सहयोग, मित्रता र आपसी विश्वासको राष्ट्रपति ओबामाले पनि स्मरण गर्नुभयो ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक