काठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आज बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीका लागि समेत छलफल भएको छ । दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ ।
अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका पदाधिकारी तथा नेताको व्यवस्थापन गरिने छ । पार्टीले राप्रपासँग गर्न लागिएको एकताका लागि सैद्धान्तिक सहमति दिन केन्द्रीय समितिलाई जिम्मा दिएको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक