
नयाँदिल्ली (भारत), २७ कात्तिक । भारत सरकारले भारतीय ५०० रुपैयाँ र एक हजार रुपैयाँलाई प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले आफूसँग रहेका नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।
नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरु घन्टौँ लाइनमा बसे । तर हजारौँ मानिसले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो ।
ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था गरयो । प्रहरीले भीडलाई सम्यमित रुपमा लाइनमा बसेर आफ्नो नगद साटेर फर्किन दिनभर अनुरोध गर्दैमा व्यस्त बने ।
केहीले सरकारको अदूरदर्शिताका कारण आफ्नो पैसा लिनसमेत घन्टौँ लाइनमा बस्नुपरेकामा दुखेसो पोख्दै थिए । ‘मलाई सरकारले यति ठूलो कदम योजनाबिनै लिँदा लाखौँ जनता दुःखमा परेका, नगद साट्न दिल्लीको एक बैंक बाहिर तीन दिनदेखि लामो लाइनमा बसेका थकित युवा राजु सुन्दरमले बताउनुभयो ।
उहाँले बिहीबार र शुक्रबार मेरो पालो आउनुपूर्व नै बैंकमा नयाँ नोट सकिएको सूचना गर्दै सकिएको बताउनुभयो ।
सरकारको कदमले जनमानसमा असुविधा भएको भन्दै सरकारले यसलाई सहज बनाउनेबारे सोचेको छैन भन्ने प्रश्नमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पक्कै पनि यस कदमबाट सर्वसाधारणमा समस्या भएको भए पनि यो कदम बाध्यात्मक भएको बताउनुभयो ।
उहाँले नयाँ नोट सहज उपलब्ध गराउन दुई वा तीन हप्ताको समय लाग्न सक्ने उहाँको भनाइ थियो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई