सनफ्रान्सिस्को (संयुक्त राज्य अमेरिका), २५ कात्तिक । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाभर विरोध प्रदर्शन शुरु भएको छ । विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् ।
अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्राहारमा परी उनीहरु घाइते भएका हुन् ।
स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्प विरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
सियाटल प्रहरीका उपप्रमुख रोबर्ट मर्नरले भने गोलीकाण्ड ट्रम्प विरोधी प्रदर्शनभन्दा व्यक्तिगत विवादको कारण भएको बताउनुभएको छ । घटनास्थलबाट एक जना पक्राउ परेका छन् ।
घाइते भएका पाँच जनामध्ये एक जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको सियाटल अग्नी नियन्त्रण विभागले ट्वीटरमार्फत जानकारी दिएको छ ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र अपराधिले उन्मुक्ति नपाउने अधिकारीले जनाएका छन् । रासस, सिन्ह्वा
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा