वासिङटन (अमेरिका), २१ कात्तिक । अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रचारप्रसारको समय अन्तिम चरणमा पुगेको छ ।
अमेरिकी जनताले निर्वाचनद्वारा आफ्नो राष्ट्रप्रमुख छान्न नोभेम्बर ८ गते अर्थात् अव दुई दिन मात्र कुर्नुपर्ने छ भने निर्वाचन प्रचारका औपचरिक कार्यक्रम आइतबारदेखि सकिएका छन् ।
यसै सिलसिलामा डेमोक्रेटिक पार्टीका नेता तथा राष्ट्रपतिका आकाङ्क्षी हिलारी क्लिन्टनले आफ्नो चुनावी अभियानको उत्तरार्धमा प्रसिद्ध गायिका वियोन्स तथा केटी पेरी तथा वर्तमान राष्ट्रपति बाराक ओबामालाई विशेष महत्वका साथ अघि सारेको कुराले निकै चर्चा पायो ।
त्यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनको अन्तिम चरणमा प्रचार अभियानलाई ‘क्रसकन्ट्री’ यात्रा तथा रेडियो सम्बोधनका सशक्त पार्नुभयो । निर्वाचनको पछिल्लो साता अर्थात् यस साताका कार्यक्रम ट्रम्पले इओवा, मिनिसोटा, मिचिगन, पेनसिल्भानिया, भर्जिनिया, फ्लोरिडा, नर्थ क्यारोलिना र न्यु ह्यामसायर क्षेत्रलाई महत्व दिई सञ्चालन गर्नुभयो ।
एबीसी र वासिङ्टन पोस्टको पछिल्लो सर्वेक्षण आइतबार सार्वजनिक गरिँदा क्लिन्टनले निर्वाचनमा पाँच प्रतिशतको फरकले नेतृत्व गर्ने अर्थात् क्लिन्टनको ४८ प्रतिशत र ट्रम्पको ४३ प्रतिशत मत देखिएको छ ।
क्लिन्टनले मिचिगनमा राष्ट्रपति ओबामालाई लिएर मिचिगनमा पुग्नु र नर्थ क्यारोलिनामा मध्यरातमा प्रदर्शन निकाल्नुलाई अमेरिकी राजनीतिक विश्लेषकले अर्थपूर्ण भनी व्याख्या गरे ।
क्लिन्टनका निर्वाचन अभियान व्यवस्थापक रबी मुकले क्लिन्टनलाई पेनसिल्भानिया र फ्लोरिडामा विजय हात पारेमा ट्रम्पको विजयको बाटो बन्द रहने भनी प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी ट्रम्पका निर्वाचन अभियन्ताहरुले क्लिन्टन पछिल्लो जनलहरबाट आत्तिएको भनी प्रतिक्रिया दिएका छन् । उनीहरुले निर्वाचनमा वियोन्सको उपस्थिति र कन्सर्टका आयोजना निर्वाचनका लागि अनावश्यक भएको बताए ।
आफू निर्वाचनबाट पराजित हुने देखेपछि क्लिन्टनले राष्ट्रपति वियोन्स तथा अन्य सेलिब्रेटीलाई लिएर चुनावी प्रचारप्रसार गर्न लागेको भन्दै ट्रम्पलाई निर्वाचन जित्न नत वियोन्सको उपस्थिति चाहिने न ज्याज सङ्गीतको नै आवश्यकता पर्नेछ ट्रम्पले भन्नुभयो ।
यसैबीच निर्वाचनमा गरिने भनिएका आतंकवादी हमला तथा निर्वाचन प्रभावित पार्ने उद्देश्यले कुनै समूहले घटाउन सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी प्रशासनले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च