लन्डन । भूपू गोर्खाहरुले आज नोभेम्बर ७ देखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गर्ने भनिएको आमरण अनसन स्थगित गरेका छन् । बेलायत र नेपाल सरकारबीच वार्ताको वातावरण बनेको निष्कर्षसहित भूपू गोर्खाहरुले अनसन स्थगित गरेका हुन् । वार्ताको आसामा गोर्खाहरुले आमरण अनसन स्थगित गरेको यो तेश्रो पटक हो ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समान पेन्सन लगायतका आफ्ना माग सम्वोधन नभए ७ नोभेम्बरबाट १३ दिने सामूहिक रिले अनसन र २१ नोभेम्बरदेखि आमरण अनसन बस्ने ‘अल्टिमेटम’ दिंदै आएको थियो । समितिका कार्यवहाक संयोजक सूर्य नेम्वाङले सोमबार बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा आयोजित एक प्रदर्शनबाटै अनिश्चितकालसम्मका लागि आमरण अनसन स्थगित गरिएको जानकारी दिए । ‘बेलायत र नेपाल सरकारको वार्ता पहल अनि बेलायतस्थित प्रमुख संघसंस्थाको अनुरोधमा अनसन स्थगित गरेका हौं’, नेम्वाङले कान्तिपुरसंग भने ।
लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले समितिका पदाधिकारीहरुलाई आइतबार दूतावासमा बोलाएर डिसेम्बरसम्म वार्ताको माहोल बनाउने समयसीमा दिएपछि गोर्खाहरु स्थगनको निष्कर्षमा पुगेका हुन् ।
गोर्खा समस्या समाधानका लागि नेपाल सरकारको आग्रहमा बेलायती रक्षा मन्त्रालय (एमओडी) ले अघिल्लो सातामात्र सरकार वार्ताका लागि सकारात्मक रहेको जनाउ दिंदै लन्डनस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भूपू गोर्खा समस्या समाधानका लागि बेलायत सरकारलाई लेखेको पत्र राजदूत सुवेदीले एमओडीसमक्ष प्रस्तुत गरेका थिए । लगत्तै दूतावासले वार्ताको समन्वय र सहजीकरणका लागि नेपाल सरकारबाट निर्देशन आए बमोजिम यथाशीघ्र उक्त कार्य अगाडि बढाउने बताएको थियो ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भूपू गार्खाहरुलाई समान पेन्सन, वयस्क छोराछोरीलाई बिना शर्त आवासीय भिजा, क्षतिपूर्ति, नेपालमा रहेका भूपू गोर्खा तथा तिनका परिवारलाई शतप्रतिशत स्वास्थ्य सुविधा तथा कटौती (रिडन्डेन्सी) मा परेकालाई पनि औपचारिक पेन्सन दिनुपर्ने माग राख्दै आएको छ ।
तर, बिजिडब्लुएसले समान पेन्सन माग गर्दै युरोपेली अदालतमा हालेको मुद्दा भने गत महिना अदालतले हराइसकेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने