
लन्डन । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत शुरुवात गराएका थिए । तिनै विभूतिमा आधारित फिल्म पहिलो नेपाली एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ शंखधर’ को लन्डनमा विशेष प्रिमियर शो गरिएको छ । पासा पुचः गुठी यूकेले गत सोमबार ३१ अक्टोबर बिहान ग्रीनफोर्ड टाउन हलमा फिल्म प्रदर्शन गरिएको हो । पासा पुचः गुठीका संस्थापक सदस्यहरु वालमुकुन्द प्रसाद जोशी, महन्तबहादुर श्रेष्ठ, अर्जुन प्रधान र शशीधर मानन्धरले कार्यक्रम
उद्घाटन गरेका थिए ।
उक्त फिल्म सर्वसाधारणका लागि ११ डिसेम्बर, २०१६ मा यूके र अमेरिका तथा १७ डिसेम्बर, २०१६ मा नेपालमा देखाइने भएको छ ।
कार्यक्रममा बोर्ड अफ ट्रष्टी अध्यक्ष महन्तबहादुर श्रेष्ठ र संस्थापक सदस्य बालमुकुन्द जोशीले शंखधरले नेपाल संवत शुरुवात गरेको जनाउंदै त्यही इतिहास प्रतिबिम्बित गर्ने फिल्मको प्रचारप्रसारमा साथ दिनुपर्ने बताए । पासा पुचः गुठी लन्डनकी महासचिव त्रिवेणी गुरुङले आधुनिक परिवेशमा नेपाल संवतको अर्थबारे प्रिजेन्टेसन दिएकी थिइन् । उनले नेपाल संवत नेवारहरुको मात्र हो वा अन्य गैर नेवारहरुको पनि भन्नेबारे समेत टिप्पणी गरिन् । नेपाल संवत र विक्रम संवतबीचको मतान्तरबारे पनि बताइएको थियो ।
फिल्मका निर्देशक तथा निर्माता संयुक्त श्रेष्ठले फिल्म बनाउने आफ्नोमात्र होइन, समस्त समुदायकै सपना साकार भएकामा खुशी व्यक्त गरे । उनले फिल्मबाट शंखधरको जीवनी र इतिहास थाहा पाइने जनाउंदै फिल्म नेपाली एनिमेसनमा नयां फड्को भएको समेत बताए ।
उक्त अवसरमा ओजेश सिंहले स्वागत मन्तव्य दिंदै न्हू दया भिन्तुनाको शुभकामना दिएका थिए । सिंहले नेपाली संस्कृतिको जगेर्ना र विकासका लागि पासा पुच गुठी लन्डनले गरेको पहलको प्रशंसा गर्दै आभार समेत व्यक्त गरे ।
बोर्ड अफ ट्रष्टी महासचिव शिवजी श्रेष्ठले कार्यक्रम समापन गर्दै सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा पासा पुचः गुठी रेडिङ र साउथ इष्ट लन्डनका अध्यक्ष क्रमशः सुदर्शन श्रेष्ठ, सुशील प्रजापति, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित