लण्डन । खस समाज युकेले युकेमा पनि देउसी भैलो खेलेर सँस्कृतिको जगेर्ना गर्ने कोसिस गरेको छ ।
समाजका अध्यक्ष इन्द्र कार्की खसको अगुवाईमा सम्पन्न देउसी भैलो कार्यक्रमले विदेशमा रहेर पनि स्वदेशको अनुभूति दिलाउन सफल भएको देउसी भैलो हेर्ने दर्शकहरुले गरेका थिए । देउसी भैलो खेलेर उठेको रकम सामाजिक तथा साँस्कृतिक क्षेत्रमा खर्च गर्ने योजना रहेको समाजका महासचिव विकेशराज बस्नेतले बताएका छन् ।
तिहारमा स्मरण गरिने बलिराजा वैदिक साहित्यका पात्र अर्थात पौराणिक बलि होइनन् । वैदिक समाजमा भैलो देउसी खेल्ने गाउने चलन देखिँदैन । खस राजा अभय मल्लको कालपछि खस साम्राज्यको पतन भयो । खासगरेर डोटी र तिब्बतले विद्रोह गरेपछि साम्राज्यको विखण्डन प्रारम्भ भयो । बलिराज नामक दरवारिया ज्वाईले राज्यको बागडोर हातमा लिएर खस साम्राज्य जोगाउने प्रयत्न गरे । त्यही सन्दर्भमा गाउँ गाउँ र बस्ती बस्तीहरुमा राज्यले सांस्कृतिक टोली खटाएर जनतामा राष्ट्रियभाव जगाउने र अर्थ संकलन गर्ने अभियानको रुपमा खस जातिमा देउसी खेलिन थालेको इतिहास रहेको हुँदा तिहारमा खस जातिका मानिसहरुले बडो धुमधामका साथ देउसी खेल्ने परम्परा रहेको खस अभियन्ता चन्द्रप्रकाश बानियाले बताए ।
खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले भने -‘बास्तबमा यम र यमी बैदिक पात्र होइनन, यम र यमी भनेको मस्टो र देबी हुन् । मस्टो दाई र देबी बहिनी हुन् । मस्टो र देबीको जस्तो पबित्र सम्बन्धको स्मरण भाई टिका हो।’
यसैबीच खस समाज युकेको कार्य समिति पुनर्गठन भएको छ | पुनर्गठित समाजको अध्यक्षमा इन्द्र कार्की खस, उपाध्यक्षमा सन्तोष कार्की, महासचिवमा विकेश राज बस्नेत,उपमहासचिवमा नवराज कार्की ,कोषाध्यक्षमा मञ्जु भट्ट रहेका छन् भने सदस्यहरुमा नबवन थापा, सूर्य कार्की,बिष्णु कार्की,शान्ता खत्री, पंकज बजगाई, इन्दु कार्की ,चन्दा बस्नेत,दिर्घ केसी,चन्द्र पाण्डे,अबिषेक बस्नेत छन् । समाजको संरक्षकमा कृष्णबहादुर थापा छेत्री, सल्लाकारहरुमा टेक बहादुर थापा, गोपाल शाही, श्रीमती शुसिला कार्की,र किरण बस्नेत रहेका छन।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’