
एडेन (यमन), १८ कात्तिक । राष्ट्रसङ्घद्वारा शान्तिका लागि प्रस्तुत गरिएको खाका यमनको हितमा नभएको भन्दै यमनका राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी समर्थक हजारौँ नागरिकले यमनको राजधानी एडेन लगायतका मुख्य शहरमा बिहीबार विशाल प्रदर्शन गरेका छन् ।
एडेनको प्रदर्शनमा ब्यानरसहित सहभागी एक प्रदर्शनकारीले प्रस्तावको विरोध गर्दै यमनमा सत्ता विद्रोह गराउने प्रक्रिया हामीलाई कदापि मान्य हुँदैन भने ।
हामीले यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि इस्माइल वल्ड शेख अहमदद्वारा यमनी द्वन्द्व अन्त्यका लागि भनी विद्रोहीसमक्ष पेस गरेको कार्ययोजना स्वीकार्य छैन, किनकी यो राष्ट्रहितमा छैन, जुलुसमा सहभागी अर्का प्रदर्शनकारीको अभिव्यक्ति थियो ।
राष्ट्रसङ्घका विशेष प्रतिनिधि शेख अहमदद्वारा प्रस्तावित सर्तलाई राष्ट्रपति मन्सुर हाडीले गएको शनिबार स्वीकार गर्न नसकिने भनी प्रतिक्रिया दिइसक्नु भएको छ ।
नयाँ योजना संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव नं.२२१६ भन्दा विल्कुल फरक भएको बताउँदै प्रस्ताव नं. २२१६ ले विद्रोहीद्वारा अधिनस्थ भूमिलाई क्रमश स्वतन्त्र गर्ने रहेकोमा राष्ट्रसङ्घका विशेष प्रतिनिधि शेख अहमदद्वारा पेस गरिएको यो प्रस्ताव यस अघिको प्रस्तावको विपरित रहेको राष्ट्रपति मन्सुर हाडीको दाबी छ ।
तर इरानको समर्थन प्राप्त हुठी विद्रोहीले भने गएको आइतबार नै राष्ट्रसङ्घद्वारा प्रस्तुत पछिल्लो शान्ति प्रस्ताव छलफलका लागि आधार हुनसक्ने भनी सकारात्मक प्रतिक्रिया दिएको थियो ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती