
एडेन (यमन), १८ कात्तिक । राष्ट्रसङ्घद्वारा शान्तिका लागि प्रस्तुत गरिएको खाका यमनको हितमा नभएको भन्दै यमनका राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी समर्थक हजारौँ नागरिकले यमनको राजधानी एडेन लगायतका मुख्य शहरमा बिहीबार विशाल प्रदर्शन गरेका छन् ।
एडेनको प्रदर्शनमा ब्यानरसहित सहभागी एक प्रदर्शनकारीले प्रस्तावको विरोध गर्दै यमनमा सत्ता विद्रोह गराउने प्रक्रिया हामीलाई कदापि मान्य हुँदैन भने ।
हामीले यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि इस्माइल वल्ड शेख अहमदद्वारा यमनी द्वन्द्व अन्त्यका लागि भनी विद्रोहीसमक्ष पेस गरेको कार्ययोजना स्वीकार्य छैन, किनकी यो राष्ट्रहितमा छैन, जुलुसमा सहभागी अर्का प्रदर्शनकारीको अभिव्यक्ति थियो ।
राष्ट्रसङ्घका विशेष प्रतिनिधि शेख अहमदद्वारा प्रस्तावित सर्तलाई राष्ट्रपति मन्सुर हाडीले गएको शनिबार स्वीकार गर्न नसकिने भनी प्रतिक्रिया दिइसक्नु भएको छ ।
नयाँ योजना संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव नं.२२१६ भन्दा विल्कुल फरक भएको बताउँदै प्रस्ताव नं. २२१६ ले विद्रोहीद्वारा अधिनस्थ भूमिलाई क्रमश स्वतन्त्र गर्ने रहेकोमा राष्ट्रसङ्घका विशेष प्रतिनिधि शेख अहमदद्वारा पेस गरिएको यो प्रस्ताव यस अघिको प्रस्तावको विपरित रहेको राष्ट्रपति मन्सुर हाडीको दाबी छ ।
तर इरानको समर्थन प्राप्त हुठी विद्रोहीले भने गएको आइतबार नै राष्ट्रसङ्घद्वारा प्रस्तुत पछिल्लो शान्ति प्रस्ताव छलफलका लागि आधार हुनसक्ने भनी सकारात्मक प्रतिक्रिया दिएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई