लन्डन । बेलायतका पहिलो नेपाली मेयरले काउन्सिलबाटै ‘असहयोग र षडयन्त्र’ भएको भन्दै राजिनामा दिएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि कन्जरभेटिभ पार्टीबाट करिब ६ महिनाअघि मेयर निर्वाचित शंकर गैरेले आफूलाई असफल गराउने षडयन्त्र भएको भन्दै सोमबार राती दश बजे काउन्सिल बैठकसमक्ष राजिनामा दिएका हुन् ।
बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती गैरेको अझै ६ महिना कार्यकाल बांकी थियो । घृणित राजनीतिक खेल भएको आक्षेप लगाउंदै उनले दशक यता आफू सक्रिय कन्जरभेटिभ पार्टीबाट समेत राजिनामा दिएको घोषणा गरेका छन् ।
‘दुई महिनायता चिफ एक्जुकेटिभ, लिडर अफ टाउन काउन्सिल लगायत कर्मचारीहरुले नै मलाई असहयोग गरे । रेसिजम (जातीय भेदभाव) पनि हुन थालेपछि म आफू असफल सावित हुनु अघि नै राजिनामा दिएं’, गैरेले भने, ‘आएको निमन्त्रणा समेत नदिने, मेरो सहमति नलिने, केही गर्न खोज्यो सहयोग नगर्ने र रेसिजम हुन थालेपछि मैले उक्त पदमा बस्न चाहिन ।’
चुनाव जितेरै निर्वाचित भएकाले उनी र श्रीमति लक्ष्मी गैरे ४ वर्ष इन्डिपेन्डेन्ट काउन्सिलर भने रहिरहनेछन् ।
राती दशबजे पूर्ण काउन्सिल बैठकमा दुई पेज लामो राजिनामा पत्र सुनाउंदै उनले भने, ‘मैले समुदायलाई केही सेवा गर्ने उद्देश्यले आएको थिएं । तर, कार्यकारी पदमा रहेका कर्मचारीका बोली, काम गराइ र व्यवहारले म अपमानित भएं, काम गर्ने वातावरण रहेन ।’ केही काउन्सिलरहरुले सहेर बस्न आग्रह गरेपनि त्यो आफ्नो सिद्धान्त र गुणमा नपर्ने भएकाले तत्काल राजिनामा दिएको गैरेले बताए । आफ्नो अनुमति बिना नै मेयर अलाउन्स समेत खर्च गरिदिने गरेको गुनासो समेत राजिनामा पत्रमा छ ।
गैरेले स्थानीय जनताबाट भने पूर्ण सहयोग र माया पाएको उल्लेख गर्दै उनीहरुप्रति आभार व्यक्त गरेका छन् ।
ट्याक्सी व्यवसाय चलाइरहेका गुल्मी रुपाकोट निवासी गैरे सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका थिए भने त्यसै साल उपमेयर र ६ महिनाअघि वर्ष मेयर बन्न सफल भएका थिए ।
स्वान्ली टाउन काउन्सिलमा गैरेले करिब १७ हजार जनसंख्यालाई प्रतिनिधित्व गरेका थिए । सन् १९९४ मा बेलायत प्रवेश गरेका उनी स्वान्ली क्षेत्रमा चाहिं विगत १३ वर्ष देखि बस्न थालेका हुन् । उनी श्रीमति काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् । सन् २००७ देखि उनी कन्जरभेटिभ पार्टीको सक्रिय सदस्य थिए । इकान्तिपुर
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा