
याङ्गोन, १६ कात्तिक । म्यानमारले जिका भाइरसविरुद्ध सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।
म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा जिकाको एक विरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको छ ।
एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको छ । सो संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ ।
यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस्तो संक्रमणबाट ती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ ।
लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ ।
जिका भाइरसको संक्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई