
श्रीनगर (भारत), १६ कात्तिक । भारत–पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
भारत अधिनस्थ काश्मिरको रामगढ ग्रामीण इलाकामा पाकिस्तानी सेनाले बम र गोली प्रहार गर्दा दुईजना बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रहरी अधिकारी जोगिन्दर सिंहले बताए भने जिल्ला प्रशासक पवन कोतवालका अनुसार काश्मिरकै रजौरी ग्रामीण इलाकामा पनि पाकिस्तानी सेनाको गोली प्रहारबाट दुई महिलाको मृत्यु हुनाको साथै कम्तीमा अन्य नौ जना घाइते भएका छन् ।
हालैका केही हप्ताहरुमा काश्मिर सीमाक्षेत्रमा फेरी भारतीय र पाकिस्तानी सैनिकबीच तनाव चुलिँदै गएकाले बारम्बार गोली हानाहानका घटनाहरु दोहोरिइ दुबैतर्फका सर्वसधारण नागरिकहरु निशानामा परिरहेका र विपक्षीले नै पहिला गोली छाडेको भनी एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
दुबै पक्षबीच धेरै पहिला नै छलफल र सहमति भै निर्धारण गरिएको “नियन्त्रण रेखा” (लाइन अफ कन्ट्रोल) को विन्दुले काश्मिरलाई दुइ खण्डमा विभाजन गरेको छ । सो नियन्त्रण रेखा रक्षार्थ भारत र पाकिस्तान दुबैतर्फका सेनाहरु तैनाथ गरिएका छन् ।
तैनाथ गरिएका सेनालाई सहयोग गर्न आ–आफ्ना देशबाट छुट्टै सीमा सुरक्षा बल (अर्ध सैनिक दस्ता वा प्यारामिलिटरी ट्रूप्स) पनि खटिएका छन् । यसरी खटिएका सुरक्षाकर्मीहरुले भारततर्फ भारत–अधिनस्थ काश्मिर र पाकिस्तानतर्फ पञ्जाब प्रान्त अन्तर्गत पर्ने काश्मिर क्षेत्र पट्टिको सीमारेखाको निगरानी गर्छन् ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई