दमासकस (सिरिया), १६ कात्तिक । सिरियाको उत्तरी सहर अलेप्पोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा कम्तीमा ८४ जनाको मृत्यु भएको र २८० सर्वसाधारण घाइते भएको सिरियाली सेनाले बताएको छ ।
सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा विद्रोहीले सयभन्दा बढी तोप आक्रमण, ५० ग्रेड मिसाइल र बीस वटा विस्फोटक पदार्थ भरिएका सिलिण्डरले सरकार नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि यति ठूलो मात्रामा हताहति भएको सिरियाली सरकारी समाचार संस्था साना न्यूज एजेन्सीले जनाएको छ ।
सेनाले विद्रोहीद्वारा सैनिक विद्यालयमा गरिएको ग्यास आक्रमणका कारण ४८ जना घाइते भएका र उनीहरुलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।
पछिल्ला तीन दिनमा एलेप्लोमा चार वर्षयताकै भीषण भीडन्त भएको कुरा बेलायतस्थित सिरियाली मावन अधिकारवादी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले दाबी गरेको छ ।
पहिले विद्रोहीको कब्जामा रहेको तर पछिल्लो समय सरकारी सेनाले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट सेनाको पकड हटाउने उद्देश्यका साथ विद्रोहीले भीषण आक्रणम गरेको बुझिएको छ ।
हालैका दिनमा विद्रोहीहरुले असद र मेनानमा कब्जा जमाए पनि मेनान क्षेत्र भने पुनः सेनाको अधिनमा आएको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई