लण्डन । ब्रिटिश गोरखा नेप्लिज कम्युनिटी डार्टफोर्डले आफ्ना सदस्यहरुबीच दशैँ तिहार मनाएको छ ।
स्थानीय ग्लेनवर्थ एक्ससर्भिसमेन क्लव, डार्टफोर्डमा शनिबार आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि डार्टफोर्ड बरो काउन्सिलका मेयर जोन बरेल थिए भने अतिथिका रुपमा डेपुटी मेयर रोजना करान्स र ट्वीन नुडल्सका संचालक माइकल ताङ आदि उपस्थित थिए ।
कम्युनिटीका अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव एक गुरुङले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएपछि कार्यक्रम शुरुवात भएको थियो । कार्यक्रममा बोल्दै मेयर बरेलले नेपालीहरुलाई दशैँतिहारको शुभकामना दिएका थिए ।
कार्यक्रममा कम्युनिटीका सदस्यका छोराछोरीहरु भावना जिमी, दीक्षा गुरुङ, रेजिना घले, टेसन गुरुङ, यमी घले, युमिना मगर, आइसा रानालगायतले नृत्य प्रस्तुत गरेका थिए ।
यसैवर्ष, वेष्टमिन्स्टर युनिभर्सिटीबाट बायोमेडिकल साइन्समा स्नातक गरेकी दीपा गुरुङ र नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई कम्युनिटीका पूर्व अध्यक्ष तथा सल्लाहकार कुल घले र अध्यक्ष तिलक राईले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा महिला समितिका संयोजक गंगा गुरुङ, उपसंयोजक हेमा राना गुरुङ, सहायक डिजे दिब्या गुरुङलगायत महिलाहरुको पहलमा देउसीभैलो अघि बढाइएको थियो । डिजेको समेत जिम्मा पाएका कम्युनिटीका कार्यबाहक उपाध्यक्ष/कोषाध्यक्ष भीम गुरुङको गीत संगीत संयोजनमा रम्दै कार्यक्रम समापन गरिएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]