बटालियनको कार्यक्रम तालिका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जइ अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका गोर्खा सैनिक तथा नेपालबाट कामको सिलसिलामा काबुल आएका नेपालीहरुले भब्य रुपमा हिन्दू तथा बौद्ध पूजा गरेका हुन् ।
कार्यक्रम गर्ने क्रममा काबुलको विभिन्न ठाउंमा विशेष प्रकारले पूजा आराधाना साथै प्रवचन दिइएको थियो । कार्गाका क्याप्टेन कृष्ण लोकसम, न्यू काबुल कम्पाउण्डमा सपोर्ट कम्पनीका सेकेन्ड इन कमान्ड क्याप्टेन मिलन चन्द्र राई, विमान सुरक्षामा खटिएका ताइपन समुहका कमान्डर कलर सार्जन्ट योगेन्द्र राई र विमानस्थलमा रहेका वारेन्ट अफिसर कैलाश खेवाङको संयोजकत्वमा पूजा आराधाना गरिएको हो । पूजा आराधानाको प्रमुख संयोजक रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले काबुलस्थित विभिन्न स्थानमा रहेका गोर्खा सैनिकहरुबीच उच्चपदाधिकारीहरुलाई भ्रमण गराएका थिए ।
कार्गास्थित इस्लाम धर्म गुरु जानका र मेजर निमुक तुल्ला, अमेरिकन, अस्टेलियन, ब्रिटिस इशाइ धर्म गुरुहरु र ब्रिगेड अफ गोर्खाजका हिन्दू र बौद्ध धर्म गुरुहरुबीच धर्मसम्बन्धि अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रियाको निचोड भने ‘मानवता बिना कुनै धर्मको अस्तित्व नरहने र मानव धर्म नै सम्पूर्ण धर्मको जग रहेको’ मा सबै धर्म गुरुहरु सहमत भएको लामा धर्म गुरु केशाङ्गले जानकारी दिए ।
अफगानिस्तानमा कार्यरत जवान तथा अधिकृतहरुलाई मोरल सर्पोट गर्नका लागि उक्त बटालियनका गोर्खा मेजर मेजर गजेन्द्र आङ्गदेम्बे, दरबन्दी विभागका प्रमुख क्याप्टेन डिल्लीकुमार राई, रेजिमेन्टका पण्डित शंकरमणी नेपाल, लामा धर्म गुरु केशाङ्ग घले र बीएफबीएस गोर्खा रेडियोका प्रस्तोता योगराज राई बेलायतबाट आएका थिए ।
काबुलमा कार्यरत सम्पूर्ण गोर्खा सैनिकहरुको कार्य सफलताका लागि पण्डित नेपालले दुर्गा पूजा आराधाना गराए भने लामा गुरु घलेले बौद्ध धर्म परम्पराअनुसार पूजा सम्पन्न गरेका थिए ।
लामा गुरु केशाङ्गद्धारा ‘समयको महत्व र हरेक समय सही तरिकाले प्रयोगमा ल्याउन सके हरेक पल जीवनलाई उन्नति, सृर्जनशील र विकासमय बनाउन सकिने’ सम्भावनाको विषयमा चर्चा गरेका थिए । उनको प्रवचन अनुसार जीवनमा कहिले सम्भावना पाहुनाको रुपमा आइदिन्छ भने कहिले आफैँले सम्भावना पैदा गर्नु पर्ने हुन्छ ।
‘जे जति जीवनका समय र पलहरु जसरी बिते पनि बाँकी रहेको जीवनलाई जसरी एउटा बटुवाले पोखरीमा फ्याँकिरहेका पत्थरहरु मोतीको दाना भएको कुरा अन्तिम एउटा टुक्रा रहँदा मात्र थाहा पायो, जुन घडीमा आफूसंग एउटा मात्र मोतीको दाना बचेको थियो त्यस्तै जिबनको बचेको बाँकी समयलाई मोति झैँ अमुल्य सम्झेर सहि सदुपयोग गर्नु पर्छ’ भन्ने उपदेश दिए ।
त्यसैगरी पण्डित शंकरमणीले भने ‘संघर्षबाट नै सफलता प्राप्त हुन्छ’ ‘ढुङ्गा र ढुङ्गाकै मूर्तिको तुलना गदै संघर्षलाई निरन्तर जारी राखे सफलता अवश्य प्राप्त हुन्छ’ भन्ने प्रेरणा प्रदान गरेका थिए ।
अरबौं पटक छिनुले खोपेको पत्थरबाट बनेको आकार नै देवताको प्रतिमूर्तिको रुपमा मानिए झैं हामी पनि हजारौं ठक्करबाट विजय गरेर पाएको जीवन नै पूर्ण र सफल जीवन हो भन्ने ज्ञानोपदेश पण्डित नेपालले दिए ।
पण्डित नेपाल र लामा धर्म गुरु घलेले मन्त्रोच्चारण गर्दै कार्य सफलताको कामना गरेका थिए । त्यसैगरी बटालियनका प्रमुख लेप्टेन कर्णेल जे. सि. मुरे र गोर्खा मेजर मेजर गजेन्द्र आङ्गदेम्बेले गोर्खा सैनिकहरुलाई नेपाली पर्व तिहारको शुभकामना सन्देश दिएका थिए । सम्पूर्ण गतिविधिहरुलाई बीएफबीएस रेडियो प्रस्तोता योगराज राईले गोर्खा रेडियो मार्फत प्रत्यक्ष प्रसारण साथै सो कार्यक्रमका तस्विरहरु क्यामेरामा कैद गरेका थिए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने