लन्डन । नेपाली संघीय समाज, युकेकोे बैठक हालै सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा समाजका अध्यक्ष कमल गुरूङको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्यसमितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै विभिन्न विभाग र राज्यसमिति प्रमुखहरू मनोनयन गरिएको प्रवक्ता तथा सञ्चार प्रमुख देवेन्द्र राईले जनाएका छन् ।
गत २५ सेप्टेम्बर २०१६ मा सम्पन्न दोश्रो महाधिवेशनद्वारा निर्वाचित कार्यसमितिको यो पहिलो बैठक हो । महासचिव कमल राईले सञ्चालन गरेको उक्त बैठकको पहिलो सत्रमा निवर्तमान अध्यक्ष धर्म तामाङले समाजको महत्वपूर्ण कागजातहरू अध्यक्ष कमल गुरूङलाई हस्तान्तरण गरेका थिए । तामाङले आफ्नो कार्यकालमा नेपाली जनताको हक अधिकार सुनिश्चितताको लागि पार्टीले गरेको आन्दोलनको लागि नेपाली संघीय समाज, युकेको तर्फबाट सक्दो सहयोग गरिएको धारणा राखेका थिए । नेपालको राजनीतिक परिस्थिति जटिल अवस्थामा रहेकोले अझै पनि दबावमूलक आन्दोलनको आवश्यकता रहेको उनले बताए । साथै वर्तमान कार्यसमितिको आगामी कार्य सफताको सुभकामना व्यक्त गरेका थिए ।
बैठकमा निवर्तमान महासचिव विश्वासदीप तिगेलाले महासचिव कमल राईलाई सांगठनिक कागजातहरू बुझाएका थिए भने समय अभावका कारण कोषाध्यक्षको हिसाब–किताब अर्को बैठकसम्मको लागि सारिएको छ ।
बैठकको दोश्रो सत्रमा विभिन्न विभाग प्रमुख, राज्य समिति संयोजक, सल्लाहकारहरू र कार्यसमिति विस्तार गरिएको थियो । अध्यक्ष, सहअध्यक्ष २, महासचिव, उपमहासचिव, उपाध्यक्ष १ र कोषाध्यक्ष गरी ७ जनाको सचिवालय रहने बैठकले निर्णय गरेको छ । संगठन विभाग प्रमुखमा कमल राई र विभागको उपप्रमुखहरूमा देवेन्द्र राई र इन्द्र गुरूङलाई बैठकले मनोनयन गरेको छ ।
प्रशिक्षण विभाग प्रमुखमा भगवान चाम्लिङ र उपप्रमुखहरूमा टेक बहादुर थापा ‘राजेश’, धर्म तामाङ र प्रेम कुमार राई रहेका छन् भने आर्थिक विभाग प्रमुखमा भानुभक्त राई र उपप्रमुखमा जानुका राई चयन भए । जनसम्पर्क विभाग प्रमुखमा धर्म तामाङ र उपप्रमुखमा नरेश काङमाङ राई रहेका छन् । अनुशसन विभाग प्रमुखमा बालकृष्ण राई र उपप्रमुखहरूमा पंकज बजगाई र मेजर योगेश राई छानिएका छन् । त्यसैगरि, युवा तथा सांस्कृतिक विभाग प्रमुखमा इन्द्र गुरूङ छन् भने प्रकाशन तथा सञ्चार विभाग प्रमुखमा देवेन्द्र राई र शंकर गुरूङ तथा होम सुनुवारलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ । त्यसै गरेर बैठकले नेपाली संघीय समाज, युकेकोे प्रवक्तामा देवेन्द्र राईलाई तोकेको छ ।
बैठकले १७ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ । साथै २८ सदस्य कार्यसमितिलाई विस्तार गरी ३५ सदस्यीय कार्यसमिति बनाउने निर्णय बैठकले गरेको छ । नेपालको संविधानमा संघीय राज्यको व्यवस्था भए पनि पहिचान सहितको संघीय राज्य हुनुपर्ने पार्टीको अडानलाई थप बल पुरयाउन विभिन्न राज्य संयोजकहरू बैठकले तोकेको छ । तमूवान राज्यको संयोजकमा जगत तमू, ताम्सालिङ संयोजकमा दावा स्याङ्बो, शेर्पा संयोजकमा आङदावा शेर्पा र खम्बुवान राज्य संयोजकमा भानुभक्त राई तोकिएका छन् । अन्य संघीय राज्य संयोजकहरू आगामी बैठकले निर्णय गर्ने जनाइएको छ ।
बैठकमा समाजको दोश्रो महाधिवेशनको विस्तृत समीक्षा समेत गरिएको थियो । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र विदेश विभाग प्रमुख आङकाजी शेर्पाको उपस्थितिमा सम्पन्न दोश्रो महाधिवेशन भव्यरुपले सम्पन्न भएको बैठकको निष्कर्ष थियो । नेपालको वर्तमान राजनीतिक अवस्था र पार्टीको नीति तथा कार्यक्रमको बारेमा नेताद्धयको बेलायत भ्रमणले बेलायतवासी नेपालीहरू, बेलायत सरकारको विदेश विभाग र अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूलाई थप जानकारी प्राप्त भएको बारेमा बैठकमा छलफल भएको थियो । बैठकमा गएको महाधिवेशनमा केही व्यवस्थापकीय कमजोरी भएको र नेतृत्व चयनमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको भन्ने बारेमा पनि कुरा उठेको थियो । यस सम्बन्धमा केन्द्रीय सदस्य भगवान चाम्लिङले विगतको कमीकमजोरीहरू नदाहोरिन सजग भएर लाग्नु पर्ने औंल्याउदै सानामसिना समस्यामा वर्तमान नेतृत्व अल्झिन नहुने विचार राखेका थिए ।
बैठक अन्त्य गर्दै अध्यक्ष कमल गुरूङले विगतमा के भयो भन्दा पनि भविष्यमा के गर्न सकिन्छ भन्ने बारेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । नेपाली जनता र पार्टीको हितको लागि काम गर्न उनले सबैलाई आब्हान गरे ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित