साना, १४ कात्तिक । साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ जनाको ज्यान गएको छ ।
उक्त हवाई हमलामा परी कम्तीमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् ।
विद्रोही लक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा परी सर्वसाधारण मारिएका छन् ।
सो हमलामा मारिएका सर्वसाधारणमा महिला, बालबालिका नै बढी परेका अधिकारवादीले जानकारी दिएका छन् ।
यमनको दक्षिणपश्चिममा पर्ने ताइज प्रान्तको सलो जिल्लामा अवस्थित अल सराफ र मबरान गाउँमा शनिबार विहान सबेरै सो हमला भएको थियो ।
ती गाउँहरुमा विद्रोही रहेको सूचनाको आधारमा सो कारबाही गरेको जनाएको छ । साउदी अरेबियाको नेतृत्वको सेनाले यमनमा विगतदेखि नै यस्तो हमला गर्दै आएको छ ।
सो हमलामा परी यहाँका विद्रोही भन्दा पनि बढी सर्वसाधारण मारिने गरेको बताउँदै आएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य