साना, १४ कात्तिक । साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ जनाको ज्यान गएको छ ।
उक्त हवाई हमलामा परी कम्तीमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् ।
विद्रोही लक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा परी सर्वसाधारण मारिएका छन् ।
सो हमलामा मारिएका सर्वसाधारणमा महिला, बालबालिका नै बढी परेका अधिकारवादीले जानकारी दिएका छन् ।
यमनको दक्षिणपश्चिममा पर्ने ताइज प्रान्तको सलो जिल्लामा अवस्थित अल सराफ र मबरान गाउँमा शनिबार विहान सबेरै सो हमला भएको थियो ।
ती गाउँहरुमा विद्रोही रहेको सूचनाको आधारमा सो कारबाही गरेको जनाएको छ । साउदी अरेबियाको नेतृत्वको सेनाले यमनमा विगतदेखि नै यस्तो हमला गर्दै आएको छ ।
सो हमलामा परी यहाँका विद्रोही भन्दा पनि बढी सर्वसाधारण मारिने गरेको बताउँदै आएको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई