
किदापावान (फिलिसिन्स), १२ कात्तिक । फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्टेले लागू औषध ओसारपसार विरुद्ध भीषण कारबाही जारी राख्ने चेतावनी दिनुभएको केही घन्टापछि नै सो कारबाही भएको जनाइएको छ ।
दक्षिणी सहर साउदी आम्पातुआनका मेयर सम्सुदिन दिमाउकोम सो कारबाहीको क्रमको मारिएका हुन ।
यसै वर्षको सुरुमा राष्ट्रपति डुतेर्टेले लागू औधषको गैरकानूनी व्यापारमा सङ्लग्नता रहेका सरकारी अधिकारीहरु, प्रहरी तथा न्यायधिससमेत गरी १५० भन्दा बढीको पहिचान गर्नुभएको थियो । ती १५० मध्ये नै मेयर दिमाउकोम पनि रहेका थिए ।
राष्ट्रपति डुतेर्टेले जारी राख्नुभएको लागू औषध विरुद्धको कारबाहीको क्रममा हालसम्म तीन हजार ८०० भन्दाबढी व्यक्तिको मृत्यु भइसेकेको छ ।
प्रहरी प्रवक्ता रोमेओ गाल्गोका अनुसार मेयर दिमाउकुम र उनका सुरक्षा अधिकारीले लागू औषधविरुद्ध कारबाहीमा लागेका प्रहरीमाथि नै गोली प्रहार गरेका थिए ।
सरकारी सुरक्षा अधिकारीले जाँचचौकीमा मेयर र उनका समूहको सवारी साधान रोकेर जाँच गर्न खोज्दा उनीमाथि नै गोली प्रहार गरेको बताइएको छ ।
गत मेमा भएको निर्वाचनबाट रोद्रिगो डुतेर्टे राष्ट्रपति पदमा ल्याउनुभएपछि लागू औषध ओसारपसार विरुद्ध भीषण कारबाही सुरु गर्नुभएको हो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम