काजर (इराक), १० कात्तिक । इराकी विशेष सुरक्षादलले मोसुलको बाहिरी भागका गाउँबाट आइएस विरोधी कारवाहीमा प्रभावित हुन सक्ने भन्दै करिव एक हजार नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार उक्त क्षेत्रका नागरिकमाथि विद्रोहीले अत्याचार गरेको भनी खवर आइरहेको बेला त्यहाँका नागरिकलाई सुरक्षित स्थलमा लएिको हो ।
विशेष कारवाही दस्ताका मेजर जनरल हैदर फादहिलका अनुसार मोसुलको अघिल्लो भागमा पर्ने टबजावा तथा वरपरका गाउँबाट स्थानीयलाई सुरक्षित स्थलमा सारिएको र अव छिट्टै उक्त क्षेत्रमा सैनिकलाई पुरयाइने छ ।
यहाँबाट हटाइएका नागरिकलाई मोसुलबाट केही ताढाको सरकारी नियन्त्रणमा रहेको काजर क्षेत्रमा शिविरमा राखिने छ ।
अमेरिकी नेतृत्वको पछिल्ला केही दिनमा इराकी गठबन्धन सेनाले आफ्ना करिव २५ हजार सेनाको प्रयोग गरी विद्रोहीलाई चारैदिशाबाट घेरा हाल्न सुरु गरेको छ ।
मोसुल शहर र वरपरका इलाका कब्जा गर्न केही हप्ता लागेपनि यसलाई आइएसको पञ्चाबाट छुटाएर नै छाडिने सेनाले बताएको छ ।
यस क्षेत्रलाई विद्रोहीले पनि सानो मूल्य ( प्रयास) मा छोडन तयार नदेखिएपछि भीडन्तले विशालरुप लिने देखिएको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई