लन्डन । गत अक्टोबर १२ तारिखका दिन लण्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको पार्थिव शरीर गत आइतबार समाधिस्थ गरिएको छ।
रुकुमकोट, रुकुममा जन्मिएर युकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर एसिस्ट्याण्टको रुपमा कार्यरत विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को ३९ बर्षको अल्पायुमै निधन भएको थियो।
हेन्डन सिमेट्रीमा आयोजित अन्त्येष्टिमा स्वर्गीय बुढाथोकीसंगै काम गर्ने सहकर्मीहरु, परिवारजन, राप्ती समाज युके, क्षेत्री समाज युके, नेपाली कम्युनिटी वाटफ़ोर्ड युके लगायत संघसंस्थाका प्रतिनिधिहरु सहित एकसयजना भन्दा बढीको उपस्थिति थियो।
पं. दुर्गाप्रसाद पोखरेलले हिन्दू अन्त्य कर्म पद्धति अनुरूप अन्त्येष्टि संस्कार प्रकृया सन्चालन गर्नुभएको थियो भने राप्ती समाज युकेका वीरप्रसाद घर्तीमगरले शोकसभाको सन्चालन गर्नुभएको थियो।
नेपालबाट भर्खरै आइपुगेका स्वर्गीय बुढाथोकीकी छोरी प्रियाश्री र छोरा प्रितमप्रतापले आफ्नी आमाको अन्तिम दर्शन गर्दा शोकसभा अत्यन्त भावपूर्ण बनेको थियो। शोक व्यक्त गर्न आउनुभएका महानुभावहरुलाई पछि स्ट्यानमोरस्थित सामुदायिक केन्द्रमा जलपानको व्यवस्था गरिएको थियो।
गत ३० सेप्टेम्बर दिउसो अचानक हृदयाघात भएपछि विष्णुकुमारी बुढाथोकीलाई हेयरफिल्ड अस्पताल लगिएको थियो | अचेत अवस्थामा अस्पताल पुराइएकी बुढाथोकीलाई लाइफ सपोर्ट मेसिनमा राखेर डाक्टरहरुले २-३ पटक मुटुको शल्यक्रिया समेत गरेका थिए |
उहाँका छोरी र छोरालाई नेपालबाट बोलाउन रुकुमकोटकै वीरप्रसाद घर्तीमगर, उहाँकी श्रीमती माला घर्तीमगर र अन्य सहृदयी व्यक्तिहरुले सहयोग गर्नुभएको थियो। दशैंको टिकाका दिन दुबै छोराछोरी नेपालबाट आइपुगे। तर त्यसको एक दिनपछि १२ अक्टोबरको बिहान उहाँको निधन भयो।
राप्ती समाज युकेका अध्यक्ष हिक्मत सिं रोकामगरले श्रीमती बिष्णुकुमारी बुढाथोकीको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै उहाँको परिवारलाई सघाउन अपील गर्नुभएको छ। उहाँको परिवारलाई सघाउन चाहनुहुनेहरुले माला घर्तीमगरलाई 07825789615 मा संपर्क गर्न समाजले अनुरोध गरेको छ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड