
लन्डन । नेपलिज डक्टर्स असोसिएसन यूकेले सप्ताहन्त गरेको च्यारिटी गाला डिनरमा प्रमुख आकर्षण भइन् ०१६ की कान्छी ओलम्पियन गौरिका सिंह । वारवीकस्थित रमादा होटल कन्फेरेन्स हलमा ५ सय बढि चिकित्सकबीच
गौरिकाको खुवी सबैले तारिफ गरे । बाबु चिकित्सक भएर पनि गौरिका कार्यक्रममा पुगेकी थिइन् । ‘इट्स यान अमेजिङ’, गौरिका भन्दै थिइन्, ‘फरक क्षेत्रका वीज्ञहरुमाझ आएर केही सिक्न पाउंदा खुशी लागेको छु ।’ मृत मान्छेको मुटु पहिलोपटक सफल प्रत्यारोपण गरेर विश्वकै ध्यान आकर्षित गरेका अष्ट्रेलियावासी डा. कुमुद धिताल देखि मानसिक स्वास्थ्यका डा. चुडाबहादुर कार्कीसम्म गौरिकासंग तस्विर लिन व्यस्त देखिन्थे ।
अटिजम केयर नेपाल सोसाइटीको सहयोगार्थ आयोजित उक्त च्यारिटीमा असोसिएसनकी अध्यक्ष डा. बिना सुब्बाले स्वागत मन्तव्य दिइन् । कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले नेपालमा चेलिबेटी बेचविखन गरिवीले मात्र होइन, लैंगिक विभेद प्रमुख कारक रहेको बताइन् । उनले भूकम्पपछि चेलीबेटी भारत लगेर यौन व्यवसायमा लगाउने क्रम बढिरहेको बताउंदै अहिले दलालहरुले इराक, इरान, सिरिया, अफगानिस्तान, नैरोबी, तान्जानिया, कजकास्तिनसम्म पुरयाइरहेको उल्लेख गरिन् ।
कार्यक्रममा अष्ट्रेलियाबाट आएका मृत मान्छेको मुटु प्रत्यारोपण गर्ने चिकित्सक डा. कुमुद धितालले प्रत्यारोपणबारे जानकारी दिए । कार्यक्रममा डा. बन्दना जोशीले अटिजम नेपाल र प्राध्यापक क्रिस इमरेले आरोहणमा स्वास्थ्य समस्याबारे प्रिजेन्टेसन दिएका थिए ।
असोसिएसन उपाध्यक्ष डा. सविन जोशीले संयोजन गरेको उक्त कार्यक्रममा दाजु भाइ व्याण्डले नेपाली गीत संगीत प्रस्तुत गरे भने चिकित्सकहरुले गायन र केही नाच समेत भयो । अटिजम नेपालको सहयोगार्थ राफल चिठ्ठा र अक्सन समेत गरिएको थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह