
लन्डन । नेपलिज डक्टर्स असोसिएसन यूकेले सप्ताहन्त गरेको च्यारिटी गाला डिनरमा प्रमुख आकर्षण भइन् ०१६ की कान्छी ओलम्पियन गौरिका सिंह । वारवीकस्थित रमादा होटल कन्फेरेन्स हलमा ५ सय बढि चिकित्सकबीच
गौरिकाको खुवी सबैले तारिफ गरे । बाबु चिकित्सक भएर पनि गौरिका कार्यक्रममा पुगेकी थिइन् । ‘इट्स यान अमेजिङ’, गौरिका भन्दै थिइन्, ‘फरक क्षेत्रका वीज्ञहरुमाझ आएर केही सिक्न पाउंदा खुशी लागेको छु ।’ मृत मान्छेको मुटु पहिलोपटक सफल प्रत्यारोपण गरेर विश्वकै ध्यान आकर्षित गरेका अष्ट्रेलियावासी डा. कुमुद धिताल देखि मानसिक स्वास्थ्यका डा. चुडाबहादुर कार्कीसम्म गौरिकासंग तस्विर लिन व्यस्त देखिन्थे ।
अटिजम केयर नेपाल सोसाइटीको सहयोगार्थ आयोजित उक्त च्यारिटीमा असोसिएसनकी अध्यक्ष डा. बिना सुब्बाले स्वागत मन्तव्य दिइन् । कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले नेपालमा चेलिबेटी बेचविखन गरिवीले मात्र होइन, लैंगिक विभेद प्रमुख कारक रहेको बताइन् । उनले भूकम्पपछि चेलीबेटी भारत लगेर यौन व्यवसायमा लगाउने क्रम बढिरहेको बताउंदै अहिले दलालहरुले इराक, इरान, सिरिया, अफगानिस्तान, नैरोबी, तान्जानिया, कजकास्तिनसम्म पुरयाइरहेको उल्लेख गरिन् ।
कार्यक्रममा अष्ट्रेलियाबाट आएका मृत मान्छेको मुटु प्रत्यारोपण गर्ने चिकित्सक डा. कुमुद धितालले प्रत्यारोपणबारे जानकारी दिए । कार्यक्रममा डा. बन्दना जोशीले अटिजम नेपाल र प्राध्यापक क्रिस इमरेले आरोहणमा स्वास्थ्य समस्याबारे प्रिजेन्टेसन दिएका थिए ।
असोसिएसन उपाध्यक्ष डा. सविन जोशीले संयोजन गरेको उक्त कार्यक्रममा दाजु भाइ व्याण्डले नेपाली गीत संगीत प्रस्तुत गरे भने चिकित्सकहरुले गायन र केही नाच समेत भयो । अटिजम नेपालको सहयोगार्थ राफल चिठ्ठा र अक्सन समेत गरिएको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने