म्याड्रिड (स्पेन), ७ कात्तिक । स्पेनका वर्तमान काम चलाउ सरकारका प्रधानमन्त्री मारियानो रजोएले थप एक कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा काम गर्ने अवसर प्राप्त गर्ने सङ्केत देखिएको छ ।
काम चलाउ सरकारका रुपमा विगत १० महिनादेखि सरकारको नेतृत्व चलाउँदै आउनुभएका कन्जर्भेटिभ पार्टीका नेता रजोएले संसदमा आफ्नो पार्टीको बहुमत भएको बताउँदै सत्ता अन्य दललाई हस्तान्तरण गर्न अनिच्छा प्रकट गरेपछि लम्बिएको राजनीतिक गतिरोध अन्त्य गर्न सोसलिस्ट पार्टीले रजोएलाई थप एक कार्यकालका लागि समर्थन गर्ने सङ्केत देखिएको हो ।
यद्यपि यस विषयमा सोसलिस्ट पार्टीले आइतबार बैठक गरी रजोएलाई समर्थन गर्ने वा अर्को विकल्प खोज्ने औपचारिक निर्णय लिनेछ । समाचार तयार गर्ने समयसम्म बैठक शुरु भएको छैन ।
गत डिसेम्बर यता स्पेनमा भएका दुईवटै निर्वाचनले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि तेस्रो निर्वाचनमा जानुभन्दा रजोएलाई समर्थन गर्नु मुलुकको हितका लागि बुद्धिमतापूर्ण निर्णय हुने केही उच्च नेताको अनौपचारिक धारणा आएपछि सुरु हुन लागेको बैठकले सम्भवत स्पेनको राजनीतिक सङ्कटलाई समाधानको दिशातिर लैजाने छ ।
यद्यपि सोसलिस्ट नेताहरुबीच यस विषयमा एकमत भने देखिएको छैन ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई