काठमाडौँ, ६ कात्तिक । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।
जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।
जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्नुभएको थियो ।
तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।
नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।
“आरोहणको क्षेत्रमा उहाँ (तावेई)ले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उहाँको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ” – अध्यक्ष शेर्पाले भन्नुभयो ।
जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आउनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा