
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको छैठौं कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी २६ नोभेम्बर दिउसो हुने भएको छ । एम्पायर हल, अल्डरसटमा निर्वाचन तथा साधारणसभा गर्ने निर्णय भएको हो ।
सोसाइटीको गत १६ अक्टोबरमा सम्पन्न बैठकले निर्वाचन प्रमुखमा मानप्रसाद गुरुङ (अध्यक्ष पोखरेली मञ्च यूके) र सदस्यहरुमा हितकाजी गुरुङ, हरिकाजी गुरुङ, पुरन गिरी र रस बहादुर गुरुङलाई चुनेको सोसाइटी उपाध्यक्ष दधि आचार्यले जानकारी दिए । संस्थाका अध्यक्ष नरजंग गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा संस्थाले दुई वर्षसम्म गरेका काम र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने जस्ता विविध विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष नरजंग गुरुङ, उपाध्यक्ष दधि आचार्य, महासचिव धन छेत्री, सचिव हरि गुरुङ, सल्लाहकारहरु ज्ञाम गुरुङ (तमुधिं यूके उपाध्यक्ष), संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी, पत्रकार हरिकाजी गुरुङ लगायत उपस्थित थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड