
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको छैठौं कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी २६ नोभेम्बर दिउसो हुने भएको छ । एम्पायर हल, अल्डरसटमा निर्वाचन तथा साधारणसभा गर्ने निर्णय भएको हो ।
सोसाइटीको गत १६ अक्टोबरमा सम्पन्न बैठकले निर्वाचन प्रमुखमा मानप्रसाद गुरुङ (अध्यक्ष पोखरेली मञ्च यूके) र सदस्यहरुमा हितकाजी गुरुङ, हरिकाजी गुरुङ, पुरन गिरी र रस बहादुर गुरुङलाई चुनेको सोसाइटी उपाध्यक्ष दधि आचार्यले जानकारी दिए । संस्थाका अध्यक्ष नरजंग गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा संस्थाले दुई वर्षसम्म गरेका काम र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने जस्ता विविध विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष नरजंग गुरुङ, उपाध्यक्ष दधि आचार्य, महासचिव धन छेत्री, सचिव हरि गुरुङ, सल्लाहकारहरु ज्ञाम गुरुङ (तमुधिं यूके उपाध्यक्ष), संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी, पत्रकार हरिकाजी गुरुङ लगायत उपस्थित थिए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन