लन्डन । बेलायत स्वीन्डन निवासी अनिता लिम्बु अक्सफोर्ड फेसन वीक २०१६ को रनवे मोडलका लागि छनोट भएकी छिन् । अक्सफोर्ड फेसन शोको दशौं सिजनको उक्त शो अक्सफोर्ड सिटी सेन्टरमा शुक्रबार हुने तयारी छ । उक्त शोमा ब्रिटेनका टप डिजाइनर हेलेन उलम्स् र करेन काउन्टरका कलेक्सनहरु देखाइने लिम्बुले जानकारी दिइन् ।
सुःखद संयोग मान्नुपर्छ, यही बेला अनिता इङल्याण्डमा साउथ एसिया र इथ्निक माइनोरिटी ग्रुपलाई सम्मान गर्ने एउटा अवार्ड कार्यक्रम ‘एमटिएम’ को कला र मनोरन्जन विद्याका लागि पनि मनोनित भएकी छिन् । अनिताले आफूलाई अनलाइन भोट दिएर जिताइदिन अनुरोध पनि गरिन् । उक्त अवार्ड कार्यक्रम डिसेम्बरमा ब्रिस्टोलमा हुनेछ ।
सन् २०१० मा यूके आएकी अनिता स्वीन्डन बस्छिन् । पेशाले ट्रेनी डेन्टल नर्स उनी पार्टटाइम मोडलिङ पनि गर्छिन् । मिस स्पार्कलिङ ब्युटी यूके २०१६ मा फस्ट रनरअप, मिस ट्यालेन्ट र मिस च्यारिटी अवार्ड जितेकी उनले बर्मिङहमको लोकल डिजाइनरहरुका लागि पनि रनवे मोडलिङ गरेकी थिइन् ।
अफ्रिकन गायकको एउटा म्यूजिक भिडियोमा समेत उनको अभिनय छ । राम्रो अवसर आए नेपाली म्यूजिक भिडियो गर्ने इच्छा पनि अनिताको छ । बेलायतको व्यस्तताबीच पनि इच्छाशक्ति भए मोडलिङ सम्भव देख्छिन् उनी । उनका शब्दमा यो क्षेत्र आफ्नो आत्मविश्वास बढाउने एउटा उपयुक्त माध्यम पनि हो । अनिता बेलायतमा हुने असंख्य कार्यक्रमहरुमा डान्स पनि गर्ने गर्छिन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड