लन्डन । बेलायत स्वीन्डन निवासी अनिता लिम्बु अक्सफोर्ड फेसन वीक २०१६ को रनवे मोडलका लागि छनोट भएकी छिन् । अक्सफोर्ड फेसन शोको दशौं सिजनको उक्त शो अक्सफोर्ड सिटी सेन्टरमा शुक्रबार हुने तयारी छ । उक्त शोमा ब्रिटेनका टप डिजाइनर हेलेन उलम्स् र करेन काउन्टरका कलेक्सनहरु देखाइने लिम्बुले जानकारी दिइन् ।
सुःखद संयोग मान्नुपर्छ, यही बेला अनिता इङल्याण्डमा साउथ एसिया र इथ्निक माइनोरिटी ग्रुपलाई सम्मान गर्ने एउटा अवार्ड कार्यक्रम ‘एमटिएम’ को कला र मनोरन्जन विद्याका लागि पनि मनोनित भएकी छिन् । अनिताले आफूलाई अनलाइन भोट दिएर जिताइदिन अनुरोध पनि गरिन् । उक्त अवार्ड कार्यक्रम डिसेम्बरमा ब्रिस्टोलमा हुनेछ ।
सन् २०१० मा यूके आएकी अनिता स्वीन्डन बस्छिन् । पेशाले ट्रेनी डेन्टल नर्स उनी पार्टटाइम मोडलिङ पनि गर्छिन् । मिस स्पार्कलिङ ब्युटी यूके २०१६ मा फस्ट रनरअप, मिस ट्यालेन्ट र मिस च्यारिटी अवार्ड जितेकी उनले बर्मिङहमको लोकल डिजाइनरहरुका लागि पनि रनवे मोडलिङ गरेकी थिइन् ।
अफ्रिकन गायकको एउटा म्यूजिक भिडियोमा समेत उनको अभिनय छ । राम्रो अवसर आए नेपाली म्यूजिक भिडियो गर्ने इच्छा पनि अनिताको छ । बेलायतको व्यस्तताबीच पनि इच्छाशक्ति भए मोडलिङ सम्भव देख्छिन् उनी । उनका शब्दमा यो क्षेत्र आफ्नो आत्मविश्वास बढाउने एउटा उपयुक्त माध्यम पनि हो । अनिता बेलायतमा हुने असंख्य कार्यक्रमहरुमा डान्स पनि गर्ने गर्छिन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा