लन्डन । दुवै मिर्गौला फेल भएकी गुल्मी हाडहाडेकी सीता कला थापामगरको उपचारका लागि गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको पहलमा सवा ३ लाख रुपियाँ सहयोग गरिएको छ ।
बेलायतमा गुल्मी जिल्ला समाज यूके तथा मगर संघ यूकेका सदस्यहरुसित सहयोग संकलन गरी जम्मा गरिएको ३ लाख २६ हजार ६८७ रुपियाँ ९० पैसा काठमाडौँस्थित बीएफबीएस रेडियो स्टेशनमा गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष टोप पल्लीमगरले थापाका श्रीमान सन्तोष पुनलाई हस्तान्तरण गरे ।
बीएफबीएसका स्टेशन म्यानेजर विनोदध्वज खड्का सो अवसरमा उपस्थित थिए । उपाध्यक्ष पल्लीले बेलायतबासी शुभचिन्तकहरुका तर्फबाट थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
सहयोग ग्रहण गर्दै थापाका श्रीमान पुनले विवाह गरेको छ महिना नपुग्दै श्रीमतीको दुवै मिर्गौला फेल भई उपचारका लागि छटपटाइरहेको अवस्थामा बेलायतबाट ओमप्रसाद थापाले पहल गरी सहयोग गरिदिएकामा धन्यवाद दिएका थिए । यसैगरी, गुल्मीकै गायिका रुपा घर्तीमगरले विश्वभरका शुभचिन्तकहरुसित उपचारका लागि आह्वान गरिदिएकोमा उनले आभार व्यक्त गरे ।
उनले गुल्मी जिल्ला समाजका अध्यक्ष राम गलामी लगायत सबै दाताहरुलाई धन्यवाद दिए । सीताको मिर्गौला प्रत्यापरोपण सफल भएकाले छिट्टै सञ्चो हुने आशा गलामीको छ ।
सहयोगका पहलकर्ता थापा रसमुर नेपाली कम्युनिटीका अध्यक्षका साथै प्रथम नौमती बाजा गुल्मीका पनि प्रमुख संयोजक रहेका छन् ।
यसैगरी, हङकङबाट कृष्ण श्रीश, कोरियाबाट टोपबहादुर थापामगर, बेल्जियमबाट बलराम पुन, अमेरिकाबाट श्रीराम थापा, जापान र कतारबाट गुल्मेलीहरुले पनि सीताको उपचारमा सहयोग गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा