लण्डन । रसमुर क्षेत्रमा बसोबासरत नेपाली युवाहरुलाई बेलायतको मूलप्रवाहमा समायोजन गर्न मद्दत गर्ने उद्देश्यले स्थापित स्वयंसेवी संस्था नवयुवाले प्रतिष्ठित अवार्ड हात पारेको छ ।
आज आयोजित एक समारोहमा लर्ड लेफ्टिनेण्ट अफ ह्याम्पसायर नाइजल अटकिन्सले क्वीन्स भोलुन्ट्री अवार्ड नवयुवाकी अध्यक्ष निलम राईलाई हस्तान्तरण गरे ।
अवार्ड पाएपछि अध्यक्ष राईले भनिन्, ‘बितेको छ वर्षमा नवयुवा र यसमा आवद्ध युवाहरुले कडा मिहिनेत गरेका कारण नवयुवा अहिले यस स्थानमा आइपुगेको छ । समूहका सबै सदस्यहरु उनीहरुको निस्वार्थ सेवाका कारण अवार्डका लागि जिम्मेदार छन् ।’
अवार्ड वितरण समारोहमा करिब ४० जना उपस्थित थिए ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]