
लन्डन । टोयक अंग्रेजी परीक्षा दिएका हजारौं अन्तर्राष्टिय विद्यार्थी प्रभावित हुने गरि बेलायत सरकारले गरेको निर्णय विरुद्ध सशक्त आवाज बुलन्द हुंदै गएको छ । टोयक पीडित विद्यार्थी मंगलबार बिहान लन्डनस्थित पार्लियामेन्ट पुगेर सांसदहरुसमक्ष आफ्ना समस्या सुनाए र समाधानका लागि लवी गरिदिन आग्रह गरेका छन् ।
इन्डियन वर्कर एसोसिएसन र टोयक पीडित विद्यार्थीको संयुक्त पहलमा पार्लियामेन्ट हाउसको रूम नम्बर १८ मा वृहत लवी गरिएको हो ।
यही अक्टोबर २५ गते हुन गइरहेको लिडिङ केसको सुनुवाइको पूर्वसन्ध्यामा भएको यस लवीको विशेष महत्व रहने आशा छ ।
साउथहल एमपी बीरेन्द्र शर्माको विशेष सक्रियतामा सम्पन्न भएको उक्त लबीमा नेसनल युनियन अफ स्टुडेन्ट प्रतिनिधि मोस्ताफा रजाई, आइ.डब्लु ए मेम्बर हर्सिवलगायत थुप्रै एमपीहरुको सहभागिता र एक्येवद्धता रहयो ।
पीडित विद्यार्थीहरुले आफू बस्ने क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदलाई लबीको लागि आमन्त्रण गरेका थिए जसमा ग्रीनवीचबाट म्याथू पेनिकुकका सहयोगी, इस्लिङटनबाट लेबर लिडर जेरेमी कोरवीनका प्रतिनिधिका साथै इल्फोर्ड साउथबाट माइक गेप्स, बेथ्नल ग्रीनबाट अलि रुश्नारा, लुइसहाम इष्टबाट हेइडी, स्टेफेन टिम्पलगायत ३० भन्दा बढिको उपस्थिति थियो ।
लबीका दौरान पीडित विद्यार्थीको प्रतिनिधित्व गर्दै गोविन्द, वाकर, रोहित लगायतले बोलेका थिए । यसैबीच समस्त एमपी र अरु सदस्यहरुले टोयक मुद्दाबारे संसद र होम अफिसमा कुरा उठाइदिने आस्वासन दिएका थिए ।
सन् २०१४ फेब्रुअरीमा बीबीसी प्यानारोमा कार्यक्रमले अंग्रेजी भाषा परीक्षा (टोयक) मा विद्यार्थीबाट छलकपट भएको भन्दै प्रसारण गरेलगत्तै होम अफिसले करिव ५६ हजार विद्यार्थीलाई छल (डिसेप्सन) को आरोप लगाएको छ, जसमा करिब ३ हजारको हाराहारीमा नेपाली विद्यार्थी परेको अनुमान छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा