लन्डन । नेपाली फिल्म इतिहासमै उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको ‘छक्का पञ्जा’ ले बेलायतका नेपाली दर्शकको समेत मन जितेको छ । लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आइतबार गरिएको प्रदर्शन ‘हाउस फुल’ भयो । नेपलिज इन्टरटेन्मेन्ट यूकेले फिल्म प्रदर्शन गरेको हो । आयोजकमध्ये एक बीरेन खड्काले ग्रीनफोर्ड टाउन हलमा ५ सय भन्दा बढि दर्शकले ‘छक्का पञ्जा’ हेरेको जानकारी दिए । सयौं दर्शक टिकट ‘सोल्ड आउट’ भएर त्यसै फर्किन वाध्य भए ।
दीपाश्री निरौला निर्देशित उक्त फिल्म आगामी २९ अक्टोबर एकैदिन फोक्सटन, आसफोर्ड र फेल्थाममा प्रदर्शन हुने खड्काले बताए । यसअघि अल्डरसट, उलवीच, स्टेन्स, स्यान्डस्र्टमा खचाखच दर्शकबीच फिल्म प्रदर्शन भइसकेको छ । ‘फिल्मको डिमान्ड अत्यधिक बढेको छ’, खड्काले भने, ‘सन्देशमुलक र हांस्यव्यङयले गर्दा पनि कुनै दर्शक फिल्म हेरेर निरास भएनन् ।’ नेपालीको वाहुल्यता रहेको अल्डरसट शहरमा फेरि प्रदर्शन गर्ने तयारी छ ।
नेपलिज इन्टरटेन्मेन्ट यूकेमा बीरेन खड्का, अनिल मल्ल, राजेन्द्र गुरुङ र दीपक खड्का छन् ।
नेपालमा पांचांै हप्ता पार गर्दा उक्त फिल्मले साढे १२ करोड रुपैयांको व्यापार गरेको समाचार प्रकाशमा आएको छ ।
दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा’ ले फिल्म हेरुन्जेल दर्शक हंसाउछ । यसअघि ‘छक्का पञ्जा’ फिल्म युनिटले बनाएका ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ले पनि व्यवसायिक सफलता चुमेका थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड