लन्डन । पहिलो पटक लन्डनमा आयोजना गरिएको ब्रिटिस एसियन अचिभर्स अवार्डमा मिडिया र हस्पिटालिटी क्षेत्रबाट दुई नेपाली मनोनित हुन सफल भएका छन् । जगतवानी ग्रुपले आयोजना गरेको अवार्डस कार्यक्रममा मिडिया क्षेत्रबाट नेपाली टिभी अध्यक्ष विजय थापा र आउटस्ट्यान्डिङ अचिभमेन्ट इन हस्पिटालिटी विद्यामा पशुपति भण्डारी मनोनयनमा परेका हुन् ।
एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक भण्डारी बेलायतका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि पनि हुन् भने रेष्टुरेन्ट व्यवसायमा समेत आवद्ध थापा नेपलिज क्याटरर्स असोसिएसन यूकेका अध्यक्ष हुन् ।
शुक्रबार लन्डनस्थित रेडिसन ब्लु होटलमा भएको कार्यक्रममा अन्तिम अवार्ड हात नलागेपनि मनोनित हुनुलाई थापाले उपलव्धि मानेका छन् । ‘कम्तीमा नेपाली समुदायको पनि स्मरण भयो’, थापाले भने, ‘प्रतिष्पर्धामा हार जित त सामान्य प्रक्रिया हो । त्यो भन्दा प्रमुख हाम्रो योगदानको अन्य समुदायले कदर गर्नु नै उपलव्धि हो जस्तो लाग्छ ।’
अवार्डस वितरण समारोहमा करिब चारसय सहभागी थिए ।
पछिल्ला वर्ष यता बेलायतमा नेपालीको पहिलो पुस्ताले राम्रो सफलता प्राप्त गएको छ । बेलायतका चर्चित अवार्डहरु ब्रिटिस करी अवार्डस्, एसियन करी अवार्डस आदिमा नेपाली मनोनित वा विजयी हुने क्रम बढेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’