
लन्डन । नेटो सुरक्षाका लागि खटिएका बेलायती गोर्खा सैनिकहरुले अफगानिस्तानको राजधानी काबुलमा महान चाड दसैं धुमधामले मनाएका छन् ।
उक्त गोर्खा रेजिमेन्टका दसैं कार्यक्रम संयोजक कलर सार्जन्ट नवराज जिमीका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जयी अन्तर्राष्ट्रिय विमानस्थलमा गोर्खा सैनिक तथा नेपालबाट कामको सिलसिलामा काबुल आएका नेपालीहरुले दसैं मनाए । सम्भवतः अफगानिस्तानमा नेपालीहरुले सांस्कृतिक मनोरञ्जनसहित दसैं पर्व मनाएको यो नै पहिलो पटक
हो ।
काबुलका विभिन्न ठाँउमा विशेष तरिकाले दसैं मनाइएको हाम्रा सहकर्मी रोशन मेवाहाङले जानकारी दिए । कलर सार्जन्ट देउमान लावतीको संयोजकत्वमा कार्गामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, मिष्ठान भोजन सहित कार्यक्रम गरियो । त्यसैगरी विमान सुरक्षामा खटिएका ताइपन समूह र हमिद कार्जयी अन्तर्राष्ट्रिय विमानस्थल बेस क्यापमा रहेका गोर्खा सैनिक तथा नेपाली दाजुभाइबीच उल्लासमय दसैं मनाइएको छ ।

दोश्रो गोर्खा रेजिमेन्टको हेडक्वाटर रहेको न्यू काबुल कम्पाउण्डमा भने विशेष ढंगले दसैं मनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि थिए मेजर जेनेरल स्टोरी र अतिथी व्रिगेडियर थोमसको पनि उपस्थिति थियो । कर्पोरल रुपेन्द्र राईले सञ्चालन गरेको उक्त सांस्कृतिक कार्यक्रमको संयोजन कर्पोरल प्रदीप इग्नामले गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथिलाई मालाअर्पण गर्दै रेजिमेन्टका प्रमुख लेप्टेन कर्णेल जेसी मुरेले स्वागत मन्तव्यसहित वडा दसैंको शुभकामना सन्देश दिए । कार्यक्रममा गायक चेतन भट्टराईले नेपाली गीत प्रस्तुत गरेर मनोरन्जन दिलाए भने उक्त रेजिमेन्टका विजय मगर र संजीवले आकर्षक नृत्य गरे ।
त्यसैगरी राजेश चेम्जोङ र दाछिरिङ शेर्पाले सामूहिक रुपमा लाहुरेहरुको चर्चित खुकुरी नाच प्रस्तुत गरे । दोश्रो बटालियन सर्पोट (इम्फाल) कम्पनीका सेकेन्ड इन कमाण्ड क्याप्टेन मिलन चन्द्र राईले फूलपाती, मार र दसैं कार्यक्रमको मुख्य संयोजन गरेका थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड