लन्डन । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा मंगलबार टिका जमारा थाप्नेको भीड लाग्यो । बेलायतका विभिन्न ठाउंबाट आएका करिब तीनसय नेपालीले नेपाली पण्डितहरुबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरे ।
बिहान साढे ८ बजेदेखि नै मन्दिर आएर टिका, जमरा लानेहरु असंख्य थिए । पण्डित निलहरि घिमिरेका अनुसार, बिहान साढे दश बजे साइतको विधि गरेपछि दिउसो एक बजेसम्म टिका, जमारा लिनेहरुको भीड लागेको थियो ।
परिवार भन्दा पनि एक्लो हुने विद्यार्थी र आफ्नो मान्यजन नहुनेको बाहुल्यता रह्यो मन्दिरमा । पण्डितहरु निलहरि घिमिरे र विनोद पन्थीले विधि अनुसार जमरा, टिकासहित आशीर्वाद प्रदान गरेका थिए ।
मन्दिरमा आएका भक्तजनहरुले दिएको दान करिब एकहजार पाउण्ड संकलन भएको पण्डित घिमिरेले जनाएका छन् । टिकाको दिन दुई जोडी र नवरात्रीभर ५ वटा विवाह गराइएको जानकारी पनि पण्डित घिमिरेले दिए ।
जमारा, अक्षता वितरणमा सरिता पौडेल र तारा भट्टराईले विशेष सहयोग गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, विनोज्ञ ज्ञवाली, फडिन्द्र भट्टराई आदिले पनि सहयोग गरे ।
लन्डन साउथलस्थित राम मन्दिरमा पनि बिहान १० देखि ११ बजेसम्म टिका, जमरा वितरण गरिएको थियो । विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जिवी ढकालले करिब ४५ जनाले मन्दिर आएर टिका, जमरा ग्रहण गरेको बताए । पण्डितहरु चिरन्जिवी ढकाल र गोविन्द नेपालले टिका, जमारा प्रदान गरेका हुन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा