लन्डन । लन्डनस्थित नेपाली दूतावासमा सोमबार सांझ विजयादशमी, दीपावली, छठ र माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी र श्रीमति पुनम राज्यलक्ष्मी सुवेदीले आयोजना गरेको उक्त कार्यक्रममा भर्खरमात्र मिसन सम्हालेका राजदूत दम्पत्ति हेर्न मानिसहरुको उल्लेख्य भीड रह्यो । नयां राजदूत भेट्न लालयितहरुले तस्विर खिचाउनै समय खर्च गरिरहेको देखिन्थ्यो । आमन्त्रित र बिना निम्तो कार्यक्रममा पुग्नेहरु असंख्य थिए ।
कार्यक्रम सम्वोधनका क्रममा राजदूत डा. सुवेदीले समस्त नेपालीमा विजयादशमी, दीपावली, छठ र माघी पर्वको शुभकामना दिंदै सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे ।
उनले नेपाल सरकार र नेपाली जनताको प्रतिनिधिका रुपमा नेपालको सर्वाङ्गीण विकासमा योगदान पुरयाउने र नेपाल र नेपालीको शीर र स्वाभिमान अक्षुण राख्न सधैं प्रतिवद्ध र प्रयत्नशील रहने पनि विश्वास दिलाए । बेलायतको नेपाली समुदायबाट आफ्नो नेतृत्वको राजदूतावासलाई सरसल्लाह, सहयोग, सद्भावना र मार्गदर्शन पाइरहने पनि उनको अपेक्षा थियो ।
डा. सुवेदीले साना कामबाट दूतावासलाई सुदृढ गर्ने कदमको शुरुवात गरिएको समेत बताए । ८३ वर्षपछि दूतावासमा आजै १० अक्टोबरदेखि नेपाली झन्डालाई बाहिर बडेमानको डण्डीमा ठाडो पारेर सबै नेपालको शीर जस्तै उच्च र अक्षुण राख्न झण्डात्तोलन गर्ने सौभाग्य प्राप्त गरेको पनि उनले जनाए ।
बहादुर शमशेर जबराको पालादेखि दूतावासमा आफू २० औं नेपाली राजदूतका रुपमा उभिएको जनाउंदै उनले अबको चार वर्षे कार्यकालमा बेलायती डायष्पोरासंग कांधमा कांध, हातमा हात मिलाएर नेपालको आर्थिक र सामाजिक विकासमा योगदान गर्दै नेपालीको शीर बेलायतमामात्र नभई संसारमै उंचो राख्ने विश्वास पनि दिलाए ।
दूतावासका तृतीय सचिव भुपेन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा दूतावासका काउन्सेलर, प्रवक्ता एवं उपनियोग प्रमुख
शरदराज आरण, सैनिक सहचारी प्रदीपजंग केसी, अट्याची तेजेन्द्र रेग्मीसहित अन्य कर्मचारी, मुख्य सचिव डा. सोमलाल सुवेदी, माननीय सांसद रेशम लामा, प्रा.डा. सूर्य सुवेदी, नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ लगायत बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र बेलायतीको सहभागिता थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह