लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको आयोजनामा बेलायतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औं जन्मजयन्ती दिवश शनिबार मनाइएको छ ।
समाजका अध्यक्ष साहित्यकार सुमलकुमार गुरुङको अध्यक्षतामा प्लमस्टिडमा भएको सो साहित्यिक कार्यक्रममा समाजसेवी साहित्यकार स्व. ईश्वर मानन्धरकी धर्मपत्नी जानकी मानन्धर प्रमुख अतिथि थिइन् भने अनेसाका पूर्व बरिष्ठ केन्द्रीय उपाध्यक्ष साहित्यकार कृष्ण बजगाई विशेष अतिथि र सोही संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा रुपक श्रेष्ठ अतिथि थिए ।
कार्यक्रमको आरम्भमा प्रमुख अतिथि र अन्य अतिथिहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाएका थिए । विशेष अतिथि कृष्ण बजगाईले महाकवि देवकोटाको जीवनी र नेपाली साहित्यमा उनले पुर्याएको योगदानहरु बारेमा संक्षिप्त प्रकाश पारेका थिए ।
बेलायतबासी नेपाली समाजका विभिन्न साहित्यिक र सामाजिक संघ संस्थाबाट सहभागी भएका साहित्यकारहरुले महाकवि देवकोटाको योगदानलाई सम्झँदै उनैलाई विषय बनाएर दर्जनौँ सुन्दर कविता प्रस्तुत गरेका थिए ।
उक्त साहित्यिक कार्यक्रमको मध्यभागमा स्व. ईश्वर मानन्धरले आफ्ना पिताका नाममा स्थापना गरेको सुप्रमा पुरस्कार उनकी धर्मपत्नी तथा प्रमुख अतिथि जानकी मानन्धरको हातबाट ‘अफिम फूल्ने देश’ पुस्तकका लागि लेखक केदार सुनुवार (संकेत) लाई प्रदान गरिएको थियो ।
महाकवि देवकोटा जन्मजयन्तीको अवसरमा आफ्ना पुस्तकले सुप्रमा पुरस्कार पाउन सफल भएकोमा पुरस्कारका प्रायोजक र अनेसासप्रति कृतज्ञता ब्याक्त गर्दै सुनुवारले कुनै पनि साहित्यको सृजना गर्दा आफूले भोगेको परिवेशको सेरोफेरोमा रहेर साहित्य सृजना गर्दा अझ प्रभावकारी बन्न सक्ने धारणा ब्यक्त गरे ।
संस्थाका महासचिव सन्तोष कार्कीले संचालन गरेको कार्यक्रमको अन्तिम चरणमा साहित्यकार तथा बाँसुरीवादक सुरेन्द्र इङनामले महाकवि देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री… कविताको भाका बाँसुरीको धूनमा बजाएर साहित्यिक माहोललाई भरपूर सांगीतिक मनोरंञ्जन गराएका थिए ।
डा.रुपक श्रेष्ठले गजल लेखन विधाको संरचनागत पक्षको कार्यपत्र तयार गरी उपस्थित सबैलाई विस्तृत रुपमा प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ बेलायत साउथका अध्यक्ष विजय हितान मगर, महासचिव जानुका राई, सल्लाहकार सुरेन्द्र ईङ्नाम, डा.रुपक श्रेष्ठ, बिसन थापा, भोजराज बराल, डा.सुदर्शन गरुङ, सुमलकुमार गुरुङ, कृष्ण थापा क्षेत्री, लिला गुरुङ, चन्दा मानन्धर, सन्तोष कार्की, गोपाल शाही (पथिक), ललितकुमार न्यौपाने, केदार सुनुवार (संकेत), लगायत धेरै साहित्यकारहरुले आ–आफ्ना साहित्यिक रचनाहरु वाचन गरेका थिए ।
संस्थाका आजिवन सदस्य तथा गैरआवासीय नेपाली समन्वय परिषद बेलायतका सह–कोषाध्यक्ष ललितकुमार न्यौपानेले कार्यक्रममा सहभागी सबैलाई चियापानको ब्यास्था गरेका थिए । दुई बजेबाट आरम्भ गरिएको महाकवि देवकोटाको जन्म दिवश कार्यक्रम ठीक छ बजे अध्यक्ष सुमलकुमार गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम अन्त भएको घोषणा गरे ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह