
लन्डन । मिस यूके नेपाल २०१६ एवं एनआरएनए यूकेको युथ गुडवील एम्बेसडर टेनिसा राना खुबै व्यस्त छिन् यो दशैंमा । उनको घरमा दशैं एउटा ठूलो पारिवारिक जमघटको मेसो बन्छ । विशेष गरि दशैं परिवारजन र आफन्त भेटेरै बित्ने उनले बताइन् ।
यसपटक पनि उनी परिवारसहित बाजे बज्यै भेट्न बेजिङस्टोक, प्लमस्टिड, ठूलो बाबा आमा भेट्न गिलफोर्ड र फुपु फुपाजु भेट्न अक्सब्रीज जाने योजनामा छिन् । यसबाहेक जानुपर्ने अरु प्रशस्तै ठाउं रहेछन् । टेनिसाले परम्परागत रुपमै दशैं मान्ने बताउंदै मान्यबरबाट टिका जमरा एवं आर्शीवाद र दक्षिणा थाप्ने बताइन् । मिठो मिठो खाने र तास खेल्ने योजना पनि उनको छ । यसअघि बेलायतमा काम, पढाइको व्यस्तताले परिवार, आफन्तजन भेट्न सहज नभएपनि दशैं पारिवारिक पुनर्मिलनको एउटा उचित अवसर भएको टेनिसाको अनुभव छ । दशैंले पारिवारिक सम्वन्ध अरु मजबुत बनाउन सहयोग गरेको पनि उनले सुनाइन् ।
उनी प्रत्येक वर्ष समरताका नेपाल जाने गरेपनि अक्टोबरमा पर्ने दशैंमा युनिभर्सिटी पढाइले गर्दा जान नमिलेको गुनासो उनको छ । नेपालमा रमाइलोसंग दशैं मनाउन नपाउंदा उनलाई कता कता खल्लो पनि लाग्छ । नेपाल छंदाको दशैं उनको स्मृतिमा आइरहन्छ । गाउं छंदा दशैंमा चंगा उडाएको, पिङ खेलेको र साथीहरुसंग टाढा टाढा डुलेको क्षण टेनिसाको स्मृतिमा मात्र बांकी छ ।
यद्यपि, बेलायतमा रहेपनि नेपालीले दशैं तिहार जस्ता प्रमुख चाडपर्व र अन्य कला संस्कृति कदापी नभुलेको र आफू पनि भुल्न नसक्ने टेनिसाको अठोट छ । ‘हामी जहां रहेपनि नेपाली हौं, मन मस्तिष्कमा त नेपाल नै छ’, उनले भनिन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]