लन्डन वेम्ली ट्रायङगलमा चालु गोर्खा भ्याली रेष्टुरेन्ट बिनोभा व्यवस्थापनले लिएको छ । स्ट्यान्मोरमा सञ्चालित बिनोभा रेष्टुरेन्ट व्यवस्थापनले १ अक्टोबरदेखि गोर्खा भ्याली किनेको हो ।
रेष्टुरेन्ट व्यवसायमा दशकौं लामो समय बिताएका के बी वैद्यले रेष्टुरेन्ट विक्री गरे पनि उनी सेफको जिम्मेवारीमा कायमै रहनेछन् ।
अब उक्त रेष्टुरेन्ट ‘बिनोभा जिभी’ नाममा रहने सञ्चालकमध्ये एक वी पी खनालले जानकारी दिए । नयां मेनु, लेआउट र व्यवस्थापनमा रेष्टुरेन्ट सञ्चालन गर्ने खनालको योजना छ । उनले बिनोभालाई फ्रेन्चाइज गरेर सन् २०१७ सम्म करिब ७, ८ वटा बनाइने पनि जनाए । रेष्टुरेन्टमा विक्रम जोशीको पनि लगानी छ । बेलायत इयूबाट बारिरिने घोषणा भएसंगै बेलायती अर्थतन्त्र ओरालो लागिरहेपनि आफूहरुको व्यवसायमा खासै असर नपर्ने उनले बताए ।
खनाल, जोशीसहित नरेश शर्मा, डा. अशोक बन्सल र मिलन चाम्सको टिमले बेलायतमा एक करोड ७० लाख रुपैयां लगानीमा ‘हयाप्पी डेज’ नामक फिल्म पनि निर्माण गर्ने घोषणा गरिसकेको छ । प्रियंका कार्की, दयाहाङ राई लगायत कलाकारको लिड रोल हुने उक्त फिल्म दशैं लगत्तै बेलायतमा छायांकन गरिने छ । निर्देशक हुनेछन् मिलन चाम्स ।
डेढ दशकदेखि बेलायत बस्दै आएका खनाल हाल नर्सिङ व्यवसायमा आवद्ध छन् । उनको बिरा केयर होम्स अन्तर्गत वेल्समा १८ र ३३ शैयाका दुईवटा नर्सिङ होम चालु छन् भने साउथ वेल्समा ५८ बेडको अर्को लिने प्रक्रिया जारी छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]