इभेन्ट मैत्रीपूर्ण फुटबल, मिसन समायोजन

Saharaaaa

यो त्यही बेलायती वस्ती हो, जहां स्थानीयसंग नेपाली समुदायको बेमेल थियो । मन्त्री नै आफ्नो क्षेत्रमा नेपाली जनसंख्या बढेर समस्या थपिएको शिकायत गर्थे प्रधानमन्त्री डेभिड क्यामरुनसमक्ष । स्थानीय युवा नारा जुलुसमा निस्कने माहोल बन्यो, नेपाली देखेपछि कुटपिट र जाइलाग्ने वातावरण पनि ।

अहिले परिस्थितिले कोल्टे फेरेको छ । झैं झगडा सुनिएको छैन् । बरु स्थानीय समुदायसंग मिलेर धेरै काम भएका छन् । त्यतिबेला ग्रेटर रसमोर नेपलिज कम्युनिटीले सौहाद्र्र वातावरण बनाउन निर्वाह गरेको भूमिका प्रशंसनीय मान्छन् नेपाली ।

यही ह्याम्पसायर क्षेत्रमा स्थानीय समुदायबीच बढि हेलमेल र समायोजन गर्ने उद्देश्यले आगामी साता एउटा इभेन्ट हुंदैछ अल्डरसटमा ।

१९ अक्टोबर दिउसो एकबजेदेखि सहारा नेपाल र अल्डरसट टाउन फुटबल क्लवबीच मैत्रीपूर्ण खेल हुने तयारी अन्तिम चरणमा छ । अल्डरसट एस रंगशालामा हुन लागेको उक्त फुटबल खेल प्रतियोगिता धेरै अर्थमा महत्वपूर्ण हुने आयोजकको विश्वास छ । सहारा यूकेका अध्यक्ष नवीन गुरुङ भन्छन्, ‘हामीले यसलाई केवल सप्ताहन्त मनाउने मेसो मात्र ठानेका छैनौं, यसले नेपाली र बेलायती युवाबीच सम्वन्ध अरु प्रगाढ बनाउने अपेक्षा छ ।’ अल्डरसटमा कुल जनसंख्याको दशप्रतिशत नेपाली बस्ने भएकाले खेलले समायोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास गुरुङको छ । उनले त्यसदिन सबै नेपालीहरुलाई उपस्थित भएर खेल हेर्न अपिल समेत गरेका छन् ।
खेलमा सहारा नेपाल टिमका खेलाडीबाहेक तीस प्रतिशत आर्मी एवं अल्डरसट, रेडिङ र वेम्लीका नेपाली युवा खेलमा उत्रंदैछन् ।
प्रतियोगिता हेर्न तीन, ५ र १० पाउण्ड निर्धारण गरिएको छ, जसबाट संकलित रकममध्ये केही अंश सहारा यूके र केही अल्डरसट टिमलाई सहयोग स्वरुप प्रदान गर्ने योजना छ । अल्डरसट टिम आगामी जनवरी २०१५ मा पोखरामा हुने आहा रारा कपमा भाग लिन जाने तय भइसकेको छ ।

 

564543_521737041174647_499826547_n aldershot-town-fc-logo

 

अल्डरसट टाउन एफसीले नेपाली च्यारिटी संस्था सहारा यूकेसंग सामिप्यता बढाउन पाएकामा गर्व लागेको बताएको छ । नेपाली खेलाडीलाई उक्त क्लवका प्रशिक्षकले प्रशिक्षण समेत दिइरहेका छन् । अल्डरसट टाउन एफसी अध्यक्ष शाहिद अजिमले नेपाली समुदायले अल्डरसटको अर्थतन्त्र तथा संस्कृतिमा उल्लेख्य भूमिका निर्वाह गरेको जनाए । आर्मड फोर्सेस्मा गोर्खाहरुले गरेको योगदानप्रति पनि अजिम कृतज्ञ छन् । ‘हामी नेपालीको योगदानको प्रशंसा गर्छौं र त्यसको बदला नेपाली समुदाय र नेपालप्रति हाम्रो विशेष सहयोग एवं साझेदारी रहिरहनेछ’, अजिम भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री