
नाइमी, २१ असोज । नाइजेरियाको पश्चिमी क्षेत्रमा पर्ने टासारामा रहेको शरणार्थी शिविरमा भएका आक्रमणमा परी बिहीबार कम्तीमा २२ जना सैनिकको मृत्यु भएको छ ।
शिविरको सुरक्षामा खटिएका सैनिकहरुलाई केही बन्दुकधारीहरुले आक्रमण गरेको वताइएको छ ।
आक्रमणकारीहरु उत्तरी मालीबाट आएका शंकास्प्रद मुश्लिम अतिवादीहरु रहेको श्रोतको दावी छ । आक्रमणकारीहरुलाई खोजी गर्नका लागि सैन्य कारवाही तीव्र बनाइएको जनाइएको छ ।
घटनाका बारेमा अहिलेसम्म आधिकारिक रुपमा पुष्टी नभएपनि नाईजेरियाको सरकारी टेलिभिजनले पश्चिमी क्षेत्रको शरणार्थी शिविरमा आक्रमण भएको समाचार भने दिएको छ । टेलिभिजनले घटनामा ठुलो संख्यामा क्षति र घाइते भएको जनाएपनि एकीन विवरण भने दिएको छैन ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]