
लन्डन । सिर्जनशील लेस्टर नेपाल यूकेले ३ अक्टोबर २०१६ सोमबार एभरेष्ट डाइन लेस्टरमा बिजया दशमी तथा शुभ दिपावली कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष प्रेम आलेको अध्यक्षता तथा महासचिव बरुण भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा अतिथिहरु विश्व साइकल यात्री लोक बन्धु कार्की, भण्डारी ब्रदर्सका डाइरेक्टर कमल भण्डारी, साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष भोजराज भण्डारी, साझा नेपाली समाजका कोषाध्यक्ष नारायण फुयांल, संस्थाका संरक्षकहरु दयानिधि सापकोटा र पशुपति पोखरेलले विजया दशमी तथा शुभ दीपावलीको शुभकामना दिए । संस्थाकी उपाध्यक्ष कला पोखरेलले अतिथी तथा उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने सचिव पुण्डरी अर्यालले हेल्थ एण्ड सेफ्टी बारे जानकारी दिए ।
स्थानीय कलाकारहरु संगीता आलेमगर, श्रद्धा भण्डारी र चन्द्र खत्रीले नाच, जस्मिन तामाङले गीत र कला पोखरेल, बासना पोखरेल तथा पुस्कर सिलवालले दोहरी गीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरन्जन गराएका थिए । दोहोरी गीतमा कृष्ण थापाले वाद्यवादनमा साथ दिएका थिए भने अन्य म्यूजिक संयोजन मन्जिल पौडेलले गरेका थिए ।
सहभागी एभरेष्ट डाइन रेस्टुरन्टको स्वादिष्ट नेपाली खाना तथा लोक गीतमा नाच्दै रमाइरहेका देखिन्थे । उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरे । लेस्टरबासी माझ विश्वसाइकल यात्री लोक बन्धु कार्कीले आफ्नो १२ वर्ष लगातार यात्रा गर्दाका अनुभुति सुनाएका थिए । अहिले सम्म १३० राष्ट्रको यात्रा गरेका उनले २०१७ सम्ममा अझै २३ राष्ट्रको यात्रा गर्ने योजना सुनाए । संस्थाले उनको साइकल यात्रा सहयोगार्थ २५१ पाउण्ड प्रदान गरेको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न